Logo
21 May 2025    ८ जेष्ठ २०८२, बुधबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

पर्यटकीय क्षेत्र स्याङबोचे माथि हेलिकप्टर उडानमा प्रतिबन्ध

Reporter

सगरमाथा राष्ट्रिय निकुन्जले पर्यटकीय क्षेत्र स्याङबोचे माथि हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ । निकुन्जको कोर एरियामा हेलिकप्टर उडाउँदा वन्यजन्तुमा नकरात्मक असर गर्ने तथा ध्वनि प्रदूषण समेत हुने भएकाले स्याङबोचे भन्दा माथिको हिमाली क्षेत्रमा व्यवसायिक उडानमा रोक लगाएको हो ।

निकुन्ज नेपाली सेनाको भगवती प्रसाद गुल्म र मध्यवर्ति क्षेत्र ब्यवस्थापन समितिको संयुक्त बैठक बसेर नै स्याङबोचे क्षेत्र भन्दा माथि व्यवसायीक उडान नगर्नका लागि नागरिक उड्यान कार्यालय लुक्लालाई पत्राचार गरेको छ । निकुन्जको कोर क्षेत्रमा दैनिक ५० भन्दा बढी हेलिकप्टर उडान तथा अवतरण हुँदा वन्यजन्तु तर्सिएर गाउँ पस्ने गरेको भन्दै निकुन्जले हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको हो ।

निकुन्जको परिपत्रलाई अटेरि गर्दै शुक्रबार बिहानै देखि स्याङबोचे भन्दा माथिल्लो क्षेत्रमा दर्जनौ हेलिकप्टरले उडान गरेका छन् । निकुन्ज र सरोकारवालाले निर्णय गरे पनि माथिल्लो हिमाली क्षेत्रमा हेलिकप्टरको उडान नरोकिएको हो । यता नागरिक उड्यान प्राधिकरणको लुक्ला कार्यालयले भने राष्ट्रिय निकुन्जको निर्देशन मान्नु पर्ने आवश्यकता नरहेको बताएको छ । माथिल्लो क्षेत्रमा हुने हेलिकप्टरको व्यवसायिक उडानको स्थानीय सरकार र पर्यटन व्यवसायीहरुले पनि विरोध गर्दै आएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको