राजधानीमा सम्पन्न विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीलाई प्रदान गरिएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिवार राती सम्पन्न अन्तिम प्रतिस्पर्धामा २८ प्रतिस्पर्धीलाई पछि पार्दै डेनिलाले सो उपाधि चुम्नुभएको हो । उहाँले उपाधिसँगै एउटा स्कुटर, आगामी जनवरी अमेरिकामा हुने मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अबसर पनि हासिल गर्नुभएको छ ।
सोही समारोहमा हास्य साम्राज्ञी वसन्धुरा भुसाललाई ६ दशकदेखि नेपाली चलचित्रमा निरन्तर योगदान पुर्याएवापत मानार्थ मिसेस नेपाल वर्ल्ड सम्मान २०२४ बाट सम्मानित गरिएको थियो। माईति नेपालकी अध्यक्ष अनुरोध कोईराला, अभिनेता धिरेन शाक्य, आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा, अफिसियल कोरियोग्राफर अश्विनीकान्त झालगायतले भुसाललाई कार्यक्रममा सम्मान अर्पण गर्नुभएको थियो ।
सम्मानअघि उहाँको सम्मानमा उहाँका आधा दर्जन गीतमा नृत्य प्रस्तुत गरिएको थियो । हाँस्य साम्राज्ञी भुसालको सम्मानमा डान्स फिवरबाट अभिनेता गजित बिष्ट र उहाँको टिमले भुसालका चर्चित चलचित्रका गीतहरूमा नृत्य प्रस्तुत गरेका थिए । मिसेस नेपाल वर्ल्ड मानार्थ सम्मानबाट सम्मानित भएकोमा खुसी व्यक्त गर्दै यो उपाधिले नेपाली चलचित्र क्षेत्रमा आउँदा दिनमा अझ धेरै काम गर्न आफुलाई प्रेरित गरेको अभिनेत्री बसुन्धराले कार्यक्रममा बताउनुभयो ।
प्रतियोगितामा फस्ट रनरअपको उपाधि एलिना घिमिरे, सेकेन्ड रनरअपको उपाधि किरण कार्कीले र थर्ड रनरअपको उपाधि अनु कार्कीले प्राप्त गर्नुभयो । उहाँहरूले पनि उपाधिसँगै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नुभयो ।
यस्तै सोही समारोहमा मिसेस नेपाल इन्टरनेसनलको उपाधि सुयशा राउतले प्राप्त गर्नुभयो भने एमएस नेपाल इन्टरनेसनलको उपाधि रेश्मा घिमिरेले हासिल गर्नुभयो । यी दुई विजेताले चाँडै नै सिंगापुरमा हुने मिसेस इन्टरनेशनल र एमएस इन्टरनेशलन प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन पाउने छन् । जसको फाईनलमा सारा तामाङ, निर्मला कार्की, रेश्मा घिमिरे र नानु सिंह पुग्नुभएको थियो ।
विभिन्न सांगीतिक प्रस्तुतिसहित रिबन इन्टरटेनमेन्टद्वारा आयोजना गरिएको यो प्रतियोगितामा विभिन्न शीर्षकमा उपाधि पनि प्रदान गरिएको थियो । जसमा माया लामाले पब्लिक च्वाईस र फेसबुक च्वाईसहितको उपाधि नानु सिंहले भ्युअर्स च्वाईस, मष्ट ट्यालेन्ट, मल्टी मिडिया च्वाईस्, अनु कार्कीले, बेस्ट हेयर, सारा तामाङले हेल्दी स्किन, सुयसा राउतले बेष्ट र्याम्प, नेहा कर्णले बेष्ट स्माईल, अम्बिका गौतमले मस्ट डिसिप्लेन, एलिना घिमिरेले मिसेस कन्जिनियालिटी, किरण कार्कीले ब्युटी विथ कम्पासन, सृजना ब्यन्जनकारले बेष्ट पर्सनालिटी, सृष्टी अर्यालले बेष्ट फिजिक, सिमरन कार्कीले फेशन आईकन, सुसिला केसी दाहालले मष्ट क्रियटिभ, सृजना श्रेष्ठले बेष्ट स्प्रिचुअल डान्स, सहारा तिमल्सिना अर्यालले फोटो जेनिक र प्रगति श्रेष्ठले म्यानेजमेन्ट च्वाईस उपाधि प्राप्त गर्नुभयो ।
प्रतियोगिताको मुख्य निर्णायकमा अुनरोधा कोईराला, निर्णायकमा टेलिभिजनकर्मी भाष्कारराज राजकर्णिकार, अभिनेता धिरेन शाक्य, हास्य अभिनेता केदारप्रसाद घिमिरे, अधिवक्ता जेनिश पहारी, अभिनेत्री उषा रजक, श्री केश तेलका अध्यक्ष टिकाराम बुढाथोकीलगायत हुनुहुन्थ्यो ।
सेसेमी लिम्बुले सञ्चालन गरेको सो ग्रान्ड फिनाले समारोहमा गायक आर्जन पाण्डेले आफ्ना चर्चित गीत प्रस्तुत गरेर कार्यक्रमलाई संगीतमय तुल्याएउनुभएको थियो । प्रतियोगितालाई अश्विनी कान्त झाले कोरियोग्राफी, ऐना गजुरेलले सहकोरियोग्राफी रानी खरेल र सम्राट शाहले संयोजन तथा गंगा महर्जनले ब्यबस्थापन गर्नुभएको थियो ।