Logo
10 Feb 2025    २८ माघ २०८१, सोमबार

ताजा खबर

सुनको मूल्य बढ्यो महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो)

रवि पक्राउको विरोधमा रास्वपाले आज बालुवाटारमा बृहत प्रदर्शन गर्ने

Reporter

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध आज बालुवाटारमा वृहत् प्रदर्शन गर्ने भएको छ।

अधिनायकवादी दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोधविरुद्ध दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा वृहत् प्रदर्शन गर्न लागिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

सभापति लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले दैनिक रुपमा विरोध प्रदर्शन गर्दै आएको छ।

लगातार सडक आन्दोलन गरेको रास्वपाले हिजो मात्र प्रर्दशन गरेन। राजनीतिक प्रतिशोधविरुद्ध आफूहरुको लडाइ नरोकिने कार्यवाहक प्रवक्ता झाले बताए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको