Logo
17 Jan 2025    ४ माघ २०८१, शुक्रबार

ताजा खबर

प्रेम सम्बन्ध बिग्रिएपछि महिलाको चरित्रहत्या गर्ने दुईजना पक्राउ टेक तामाङको शव्द तथा प्रल्हाद लिमल्सिना र सुमिनाको स्वरमा ‘स्वर्ग झै सैलुङ’(भिडियो) कांग्रेसले मन्त्रीहरूलाई दियो ७ बुँदे निर्देशन काठमाडौँ उपत्यकाभित्र हर्न बजाउन नपाइने रविविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर हुँदै कथन नेपालको नयाँ गीत ‘उडायो’सार्वजनिक(भिडियो)

देउराली पूजाको प्रसाद खाँदा ३५ जना अस्पताल भर्ना

Reporter

अर्घाखाँचीमा देउराली पूजाको प्रसादका रूपमा मासु खाएरका ३५ जना बिरामी परेका छन् । सन्धिखर्क नगरपालिका १ तारा मार्गका उनी आइतबार मासु खाएपछि बिरामी परेका हुन् ।

सोमबार २५ जना भर्ना भएको र मंगलबार बिहान थप ७ जना बिरामी भर्ना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्रबहादुर मल्लले बताए । उनकाअनुसार बिरामीहरूमा झाडापखाला, बान्ता, ज्वरो, शरीर दुख्ने लक्षण देखिएको छ । उनीहरु फुड पोइजनका कारण बिरामी परेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताए । बिरामी सबैको अवस्था सामान्य छ।

बिरामीहरूमध्ये अहिले ३४ जनाको अर्घाखाँची अस्पताल सन्धिखर्कमा उपचार भइरहेको र १ जनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भइरहेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको