Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

चीनमाथि अमेरिकी सरकारी एजेन्सीहरु ह्याक गरेको आरोप

admin

वासिंटन, पुस ६ ।

अमेरिकाले आफ्ना केही सरकारी एजेन्सीहरुमा चीनले ह्याक गर्ने प्रयास गरिरहेको आरोप लगाएको छ ।

अमेरिकी न्याय विभागले चीनका दुई नागरिकले पश्चिमी देशका सरकारी एजेन्सीहरु ह्याक गरेको आरोप लगाएको हो । जसमा चिनियाँ नागरिक झु हुवा र झेङ सिलोङ संलग्न रहेको जनाइएको छ । उनीहरु ‘एडवान्स परसिसटेन्ट थ्रेथ १०’ समूहको सदस्य भएको जनाइएको छ । यो समूह चीनको गुप्तचर एजेन्सीसँग निकट रहेको छ ।

अमेरिकासँग बेलायतले पनि चीनमाथि सोही किसिमको आरोप लगाएको जनाइएको छ । बेलायतले चीनले दुई देशबीच भएको आर्थिक जासुसी सम्झौताको उल्लंघन भएको आरोप लगाउदै आएको छ ।

अमेरिकी गुप्चतर एजेन्सी एफबीआईका निर्देशक क्रिस्टोफर रेले यस बारेमा एक विज्ञप्ति जारी गर्दै आफूहरुले गरेको अनुसन्धानका क्रममा यो गम्भीर विषय भएको र यसले राष्ट्रिय सुरक्षामा खतरा निम्त्याउने देखिएको जनाएका छन् ।

उनले अमेरिकालाई आर्थिक रुपमा क्षति पुर्याउने कोसिस भएको जनाएका छन् । (एजेन्सी)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको