Logo
12 Nov 2025    २७ कार्तिक २०८२, बुधबार

ताजा खबर

भदौ २३ गते जेनजी विद्यार्थी हत्यामा तत्कालिन ओली सरकार दोषीः एमाले उपाध्यक्ष पाण्डे ‘फेस अफ जुनियर मोडल सिजन १’ को ग्राण्ड फिनाले भव्य रूपमा सम्पन्न मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त भारतीय कलाकार धर्मेन्द्रको निधनको खबर गलत, छोरीले भनिन् ‘अवस्था स्थिर छ’ सुन तोलामा ४ हजार ९०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो पशुपति क्षेत्र विकास संकट: कार्यकारी निर्देशक जोशी सदस्य सचिव पदको लागि विवादमा, ठेकेदार र राजनीतिक दबाब सक्रिय

भरतपुर महानगरमा छोरी बीमा कार्यक्रम

Reporter

भरतपुर महानगरपालिकाले सञ्चालन गरेको छोरीको जीवन बीमा कार्यक्रममा आठ सय ९१ जना छोरीको बीमा भएको छ । भरतपुर महानगरपालिकाका स्थायी बासिन्दाबाट सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीको बीमा गरिएको हो ।

स्वास्थ्य तथा सामाजिक विकास महाशाखा निर्देशक शान्ताकुमारी पौडेलका अनुसार आर्थिक वर्ष २०७९र८० मा तीन सय ३८, आव २०८०र८१ मा चार सय १३ र चालु आवको हालसम्म एक सय ४० जना छोरीको बीमा भएको छ ।

महानगरपालिकाले राष्ट्रिय बीमा कम्पनीमा बीमाबापत १५ वर्षसम्ममा रु ५० हजार बुझाउने गर्दछ । सोपश्चात बीमा कम्पनीले बिमितलाई रु एक लाख प्रदान गर्ने उनले बताए। पौडेलले भने, “अहिले हामीले बीमा भइसकेका छोरीहरूका लागि वार्षिक रु तीन हजार तीन सय २७ नवीकरण शुल्क बुझाउने गरेका छौँ ।”

समाजमा छोराछोरी बराबरी हुन् भन्ने सन्देश दिँदै छोरी गर्भमा भएमा गर्भपतनसम्म गराउने परिपाटीको अन्त्य गराउन बीमा कार्यक्रम प्रभावकारी हुने उनले बताए । महानगरपालिकाले छोरी लक्षित विभिन्न कार्यक्रम विद्यालयमार्फत पनि सञ्चालन गर्दै आएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको