Logo
17 Jan 2025    ४ माघ २०८१, शुक्रबार

ताजा खबर

प्रेम सम्बन्ध बिग्रिएपछि महिलाको चरित्रहत्या गर्ने दुईजना पक्राउ टेक तामाङको शव्द तथा प्रल्हाद लिमल्सिना र सुमिनाको स्वरमा ‘स्वर्ग झै सैलुङ’(भिडियो) कांग्रेसले मन्त्रीहरूलाई दियो ७ बुँदे निर्देशन काठमाडौँ उपत्यकाभित्र हर्न बजाउन नपाइने रविविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर हुँदै कथन नेपालको नयाँ गीत ‘उडायो’सार्वजनिक(भिडियो)

पाकिस्तानी सिनेटका अध्यक्ष गिलानीसँग सांसद एकनाथ ढकालको भेटबार्ता

Reporter

काठमाडौ । नेपालका प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले पाकिस्तानको सिनेटका अध्यक्ष युसुफ राजा गिलानीसँग उनको सरकारी निवास इस्लामावादमा शिष्टाचार भेटगरेका छन् । भेटमा नेपाल र पाकिस्तानबीच पारस्परिक हित र द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

सांसद ढकालले इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टिस (आइक्याप ) का सहअध्यक्ष सिनेटर मुशाहिद हुसेन सैयद र अन्य पाकिस्तानी नेताहरुसँग भेटर्वाता गरेका थिए । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य ढकाल अन्तर्राष्ट्रिय फौजदारी अदालत र कानुनको शासन सम्बन्धी १३ औं संसदीय परामर्शदात्री सम्मेलनमा भाग लिन हाल पाकिस्तानमा छन् ।

परिवार दलका अध्यक्ष ढकालसँगै नेपाल परिवार दलका महामन्त्री  सन्तोष पौडेल भ्रमणमा सहभागी छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको