Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

‘सेलिब्रेटीसँग बालबालिका’ का लागि नायक श्रीदेब भट्टराई आफ्नै जन्मथलो ईलाममा संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग

अस्ट्रेलियाको बिग बास लिग डेब्यूमै लिए सन्दीपले दुई विकेट

admin

काठमाडौं, पुस-६ ।

अस्ट्रेलियाको बिग बास लिगमा डेब्यू गरेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले जारी प्रतियोगिताको आफ्नो पहिलो खेलमा सिड्नी थन्डरविरुद्ध पहिलो ओभरमै २ विकेट लिएका छन ।
आठौं ओभरमा बलिङ गर्न आएका सन्दीपले दोस्रो बलमै पहिलो विकेट लिएका थिए । पहिलो बलमा १ रन दिएका सन्दीपले दोस्रो बलमा सेन वाट्सनलाई निक लार्किनमार्फत् क्याच गराएका थिए । सन्दीपले आफ्नो पहिलो ओभरको अन्तिम बलमा कलुम फर्गुसनलाई कट एन्ड बोल्ड गरेका थिए । सन्दीपले पहिलो ओभरमा ३ रन दिएर २ विकेट लिए ।
८ ओभर सकिँदा सम्म सिड्नी ३ विकेट गुमाएर ५९ रन बनाएर खेलिरहेको छ । पहिलो विकेट मेलबर्नका एडम जम्पाले लिएका थिए ।
क्यानबेराको मनुका ओभलमा सन्दीपको टोली मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए । बिग बास लिग खेल्ने सन्दीप एसोसिएट राष्ट्रका पहिलो खेलाडी हुन् । इन्डियन प्रिमियर लिगदेखि टि—१० लिगसम्मका हरेक प्रतियोगितामा सन्दीपले आफूलाई प्रमाणित गरिसकेका छन् । आईपीएलका तीन खेलमा ५ विकेट लिएका सन्दीपले टि–१० लिगमा केरला नाइट्सबाट ६ विकेट लिएका थिए ।
गतवर्ष उनले दिल्ली डेयरडेभिल्सबाट खेल्दै विश्व क्रिकेटकै सबैभन्दा ठूलो ट्वान्टी–२० प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो नेपाली खेलाडीका रुपमा कीर्तिमान बनाएका थिए । यसपालिदेखि नाम परिवर्तन गरेर दिल्ली क्यापिटल्स भएको क्लबले यसपालिका लागि पनि सन्दीपलाई रिटेन गरेको छ ।
साभारः बाह्रखरी


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको