Logo
09 Feb 2025    २७ माघ २०८१, आईतवार

ताजा खबर

महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो) निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुनः सुरु

स्पेनमा बाढीबाट ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

Reporter

म्याड्रिड – स्पेनमा आएको भीषण बाढीका कारण देशभर कम्तीमा ९५ जनाको ज्यान गएको छ । अन्य कैयौँ मानिस बेपत्ता भएको बताइएको छ । स्पेनको पूर्वी प्रान्त भ्यालेन्सिया र आसपासका क्षेत्रमा मंगलबारदेखि परेको अविरल वर्षाका कारण अवस्था झनै नाजुक बनेको छ ।

यस वर्षाले धेरै पुल र भवनमा क्षति पुगेको छ । आफ्नो ज्यान जोगाउन मानिसहरू घरको छत वा रूखहरूमा चढ्नुपरेको दृश्य अनलाइन र सामाजिक सञ्जालमा देखिएका छन् । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन् । धेरै मानिस बेपत्ता भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने सरकारको भनाइ छ ।

भ्यालेन्सियामा कम्तीमा ९२ जनाको मृत्यु पुष्टि भएको छ । भ्यालेन्सियाको पश्चिममा रहेको क्यास्टिला–ला मान्चामा दुई र मलागामा एक जना ७१ वर्षीय बेलायती पुरुषको मृत्यु भएको छ । स्पेनमा बाढीका कारण मृत्यु हुनेको यो संख्या सन् १९७३ यताकै उच्च हो । सन् १९७२ को बाढीमा त्यहाँ बाढीका कारण १५० जनाको मृत्यु भएको अनुमान गरिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको