Logo
22 Jan 2025    ९ माघ २०८१, बुधबार

ताजा खबर

साढे चार अर्ब फिर्ता गरिदिन माग गर्दै महानगरमा सहकारी बचतकर्ताको निवेदन अष्ट्रेलियासँग पराजित हुँदै नेपाल विश्वकपबाट बाहिरियो सुनको भाउ एकै दिन १९ सयले बढ्यो सञ्चारकर्मी तथा गीतकार गीताको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण टर्कीमा भएकाे आगलागीमा मृत्यु हुनेकाे संख्या ७६ पुग्याे संसदको हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

डिजेल र मट्टितेलको मूल्य घट्यो

Reporter

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको आज बसेको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो।

मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ कायम भएको छ। निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो वर्ग तथा काठमाडौं, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ।

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.२५ र डिजेलमा रु १.०४ ले घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको