Logo
23 Jan 2026    १० माघ २०८२, शुक्रबार

ताजा खबर

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय उम्मेदवारीबारे उठेका प्रश्न स्पष्ट गरेपछि आशिका तामाङको नाम कायम ओलीको निर्णयले भट्टराई आक्रामक: चिन्तित र दुःखी छु कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिए सुनले तोड्यो रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

चलचित्र विकास बोर्डले छायाकारलाई ड्रोन पाइलटको तालिम दिने

Reporter

पछिल्लो समय नेपाली फिल्मको छायांकनमा ड्रोनको प्रयोगमा वृद्धि हुन थालेको छ । दृश्यलाई आकर्षक रुप दिन छायाकारले ड्रोनलाई अधिकतम प्रयोग गर्न थालेका छन् ।

तर यसका लागि ड्रोन उडाउन चाहिने तरिका र कानुनी व्यवस्था जान्नु जरुरी छ । यिनै कुरालाई ख्याल राखेर चलचित्र विकास बोर्डले छायाकारलाई १० दिने निःशुल्क ड्रोन पाइलट ट्रेनिङ दिने भएको छ ।

बोर्डले बुधबार सूचना जारी गर्दै कार्यशालामा सहभागी हुन नेपाली छायाकारलाई आग्रह गरेको छ । विदेशमा ड्रोन पाइलट अध्ययन गरेका उड्डयन क्षेत्र र नेपाल प्रहरीका विज्ञले तालिम दिने बोर्ड अध्यक्ष दिनेश डिसीले बताए ।

दक्षता अभिवृद्धिका लागि २५ जना नेपाली चलचित्र छायाकारलाई तालिम दिन लागिएको बोर्डले जनाएको छ । आवेदन फारम बोर्डको वेबसाइटबाट डाउनलोड गरी दिन सकिने जनाइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको