Logo
16 Jul 2025    १ श्रावण २०८२, बुधबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

आइसीसी लिग २ : नेपाल अमेरिकासँग पराजित

Reporter

नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकासँग पराजित भएको छ। यस खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको हो।

अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछाएको नेपालले ४९.४ ओभरमा अल आउट हुँदै २४४ रन बनाएको थियो। यसअघि पहिला ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउदै २८१ रन बनाएको थियो।

यो जितपछि अमेरिका लिग-२ को शिर्ष स्थानमा उक्लिएको छ। अमेरिकाको १२ खेलमा १६ अंक भएको छ। त्यस्तै नेपालको भने ११ खेलमा केवल ५ अंक छ।

अब नेपालले सिरिजको अर्को खेल सोमबार स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको