Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो) प्रतिनिधिसभा बैठक बस्दै तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मच्छिन्द्रको पहिलो जित, सरस्वती ४–२ ले पराजित

admin

anfa complex machhindra vs saraswati

काठमाडौं, पुस ६ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मच्छिन्द्र क्लबले सरस्वती युथ क्लबलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार भएको खेलमा मच्छिन्द्रले सरस्वतीमाथि ४–२ गोलअन्तरले विजयी हासिल गर्दै जारी लिगमा पहिलो जित दर्ता गराएको हो ।

१० खेल खेलेको मच्छिन्द्रले लिगमा शीर्ष तीन अंक जोडेको यो पहिलोपटक हो ।

मच्छिन्द्रको जितमा कप्तान विशाल राई, विदेशी खेलाडी भसाडिया डाइमान्डे, अनिल गुरुङ र विकास राईले एक/एक गोल गरे ।

खेलमा सुरुआती अग्रता भने सरस्वतीले लिएको थियो । खेलको चौथो मिनेटमा मच्छिन्द्रका खेलाडी सञ्जय राजबहाकले सरस्वतीका लागि आत्मघाती गोल गरे ।

त्यस्तै, खेलको पहिलो हाफको १६औं मिनेटमा मच्छिन्द्रका विशालले एक गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याए ।

विशालले गोल गरेको चार मिनेट पनि बित्न नपाउँदै मच्छिन्द्रका विदेशी खेलाडी डाइमान्डेले एक गोल थप्दै २–१ को अग्रता दिलाए ।

त्यसैगरी, खेलको २५औं मिनेटमा मच्छिन्द्रका अनिलले एक गोल थपे । त्यसपछि खेलको ३६औं मिनेटमा सरस्वतीका विदेशी खेलाडी फ्रान्सिस ओनेयामाले एक गोल थप्दै खेललाई ३–२ को स्थितिमा ल्याए ।

खेलको पहिलो हाफमा ३–२ ले अगाडि रहेको मच्छिन्द्रले दोस्रो हाफमा एक गोल थप्यो । खेलको दोस्रो हाफको अतिरिक्त समयमा विकासले पेनाल्टीमार्फत् एक गोल गरेपछि मच्छिन्द्रले ४–२ को सहज जित हात पार्‍यो ।

खेलमा ‘म्यान अफ दी म्याच’ मच्छिन्द्रका कप्तान विशाल राई घोषित भए ।

यस जितसँगै मच्छिन्द्र १० खेलबाट ६ अंकका साथ अंकतालिकाको ११औं स्थानमा उक्लिएको छ । समान १० खेल खेलेको सरस्वती १० अंकका साथ नवौं स्थानमा छ । रासस


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको