Logo
16 Jul 2025    १ श्रावण २०८२, बुधबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

काठमाडौँ महानगरभित्र सञ्चालनमा रहेका छात्रावासलाई सूचीकृत हुन आह्वान

Reporter

काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित छात्रावास (होस्टल)लाई सूचीकृत हुन आह्वान गरेको छ । महानगरपालिका शिक्षा विभागले एक सूचना जारी गर्दै तत्कालीन जिल्ला शिक्षा कार्यालय समेतबाट छात्रावास सञ्चालन अनुमति लिई वा वडामा व्यवसाय दर्ता गरी सञ्चालन गरिरहेका संस्थाहरूलाई निर्धारित समयमा आवश्यक कागजात पेस गर्न भनेको हो ।

काठमाडौँ महानगरपालिका छात्रावास (होस्टल) सञ्चालन सम्बन्धी मापदण्ड, २०८० बमोजिम ३० दिनभित्र अभिलेखीकरण हुन, शिक्षा विभागमा कागजात पेस गर्न भनेको छ ।

महानगरभित्र क्षेत्रभित्र सञ्चालनमा हुने छात्रावासलाई व्यवस्थित, मर्यादित, सुरक्षित र पारदर्शी बनाई छात्रावासको व्यवस्थापनमा एकरूपता ल्याउन महानगरले अभिलेखीकरण गर्न लागेको हो ।

महानगरले गठन गरेको अनुगमन समितिले स्थलगत अध्ययन तथा अवलोकन र सुपरिवेक्षण गरी मापदण्ड पुरा भएको वा हुने अवस्था देखिएमा छात्रावास सञ्चालन अनुमति दिनेछ ।

प्रचलित कानुन बमोजिम अनुमति नलिई सञ्चालन भएको पाइएमा कानुन अनुसार कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको