Logo
07 Dec 2024    २२ मंसिर २०८१, शनिबार

ताजा खबर

गायक नारायण थापाको “परिणाम नखोज तिमी” सार्बजनिक(भिडियो) दशौँ राष्ट्रिय खेलकुद चैत २३ देखि कर्णालीमा एनपिएलमा आज दुई खेल हुँदै धरानका मेयर साम्पाङविरुद्ध प्रहरीमा उजुरी आइतवारदेखि पाँच प्रदेशका उच्च भूभागमा हिउँ पर्ने, देशैभरी चिसो बढ्ने चार महिनामा २७१ विदेशीले लिए नेपालमा श्रम स्वीकृति

रवि लामिछानेलाई तेस्रोपटक अदालत लगियो

Reporter

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्गृहमन्त्री रवि लामिछानेसहित चार जनालाई प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ ।

सूर्यदर्शन सहकारी ठगीमा प्रकाउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालकसमेत रहेका लामिछाने, छविसहित सूर्यदर्शन सहकारीको रकम हिनामिनामा जीवी राइसँग जोडिएका लिला पछाईं र नेचर हर्ब्सका रामबहादुरलाई अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

तिहार बिदाकै बेलामा म्याद सकिएकोले अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराएको हो । न्यायाधीश चन्द्रकान्त पाैडेलकाे इजलासमा म्याद थपमाथि बहस सुरू भएकाे छ ।

लामिछानेलाई यसअघि दुईपटक म्याद थप गराएर प्रहरीले अनुसन्धान गरेको थियो ।लामिछाने यही कात्तिक २ गेत साँझ काठमाडौंस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका थिए ।

गोर्खा मिडियामार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रवि र छविविरुद्ध संगठित अपराधको मुद्दा लगाइएको छ ।

लामिछानेलाई अदालतमा उपस्थित गराइने भएपछि आज पनि उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरामा प्रदर्शन गरेको छ । राजनीतिक प्रतिशोधले पार्टी सभापति लामिछानेलाई पक्राउ गरिएको बताउँदै रास्वपाले विरोध प्रदर्शन गर्दै आएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको