Logo
05 Dec 2024    २० मंसिर २०८१, बिहीबार

ताजा खबर

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई मुद्दा चलाउन सर्वोच्चमा रिट भुटानका राजा करिब ५ घण्टा काठमाडौँमा रहने अल्लू अर्जुनविरुद्ध उजुरी इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन चीन भ्रमणमा ऋण लिने गरी कुनै पनि सम्झौता भएको छैनः प्रधानमन्त्री ओली पाल्पामा सुन्तला महोत्सव हुँदै

महानिर्देशक अधिकारीको ‘हठ’का कारण नेपाली हवाइ र पर्यटन क्षेत्र धरासयी हुने जोखिम

Reporter

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीको ‘हठ’का कारण नेपाली हवाइ र पर्यटन दुवै क्षेत्र धरासयी हुने जोखिम बढेको छ ।  देशको मुख्य विमानस्थलल १० घण्टा बन्द गर्नाले पर्यटकहरू धमाधम टिकट रद्द गर्दैछन् । नेपालबाट अन्तर्राष्ट्रिय गन्तव्यमा पुग्न टिकट मूल्य दोब्बर÷तेब्बरसम्म पुगेको छ ।

नेपाल आउन होटल बुकिङ गरेका पर्यटकहरूले टिकट नपाएकै कारण यात्रा रद्द गर्न थालेका व्यवसायीहरू बताउँछन् ।  कोभिड–१९ पछि भर्खरै तग्रिन लागेको पर्यटन क्षेत्रलाई अधिकारीकौ ‘हठ’ कारण पुन धरासयी हुने अवस्थामा पुग्न लागेको व्यवसायीहरूको आरोप छ ।

क्यानकाअनुसार आज कात्तिक २३ गतेबाट चैत १८ गतेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुनेछ । बेलुकी १० बजेबाट बिहान ८ बजेसम्म विमानस्थल बन्द गर्ने निर्णय गरेपछि यसले अन्तर्राष्ट्रिय उडानहरूको ‘सेड्युल’ अस्तव्यस्त भएका छन् ।

विज्ञहरूका अनुसार, १० घण्टालाई केही कम गरेर पनि विमानस्थलको ‘ट्याक्सी वे’ विस्तार गर्न सकिन्छ । तर, महानिर्देशक अधिकारीकै ‘हठ’का कारण विमानस्थल १० घण्टा नै बन्द गर्ने निर्णयमा सरकार पुगेको छ ।

यसमा संस्कृति पर्यटन तथा नागरिक उड््ड्यन मन्त्री बद्री पाण्डे मौन देखिएका छन् ।  महानिर्देशक अधिकारीको योजनामा मन्त्री पाण्डेले कुनै हस्तक्षेप गर्न सकेका छैनन् ।

“भैरहवा र पोखरा चल्नुपर्छ त्यो ठीक छ । भैरहवा जा भनेको छ । गोरखपुरमा भारतीय सेनाको एयर फोर्स छ । त्यसले गर्दा विमान तल उडाउन सक्दैन । घुमाएर ल्यान्डिङ गर्नुपर्छ,” उनले भने, “अर्को कुरा भैरहवामा विमानभित्रको फोहार सफा गर्ने समानसम्म छैन । खानेकुराका लागि स्काइ सेफ छैन । अन्तर्राष्ट्रिय विमान कम्पनीले सफा खाना लोड गर्न सक्छ त त्यहाँ ?”

विमानस्थलको पूर्ण सुविधा समेत नभइ सरकारले अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई भैरहवा र पोखरा पठाउन थालेको बजगाईको आरोप छ । महानिर्देशक अधिकारीले मन्त्री बद्री पाण्डे र सचिव गणेशप्रसाद पाण्डेलाई आफूले चाहे जसरी प्रयोग गरिरहेको बजगाईको आरोप छ ।

“क्यानका डीजीको मन्त्री पाण्डे र सचिव पाण्डे कर्मचारी भएका छन् । यो नितान्त बद्री पाण्डेको अकर्मण्यताका कारण हो,” उनले भने ।

पूर्वपर्यटन मन्त्री समेत रहिसकेका नेकपा माओवादी (केन्द्र) का सांसद सुदन किराँती वैज्ञानिक तवरले चाँडोभन्दा चाँडो निर्माण सक्नुपर्ने बताउँछन् ।  स्तरोन्नतिलाई चाँडै सकेर नेपालको हवाई क्षेत्रलाई चलायमान गराउनुपर्नेमा उनको जोड छ ।

उता महाननिर्देशक अधिकारी भने गर्मी याममा काम गर्न नसकिने, त्यसैबेला मनसुन पनि हुने भएकाले यो समय मात्र विकल्प बताउँदै आएका छन् ।

“यो कुनै रणनीति पनि होइन, यो कुनै राजनीति पनि होइन । र, यो कसैलाई पेलेको पनि होइन । बनाउनैपर्ने भएकाले बनाउन लागिएको हो । यसपछि यसको क्षमता विस्तार हुन्छ । यसले एयरपोर्टको इफिसेन्सी बढी हुन्छ । यसले यो भन्दा बढी फ्लाइट गर्ने सम्भावना रहन्छ,” अधिकारीले भने , “त्यसैले हामीले भैरहवा पठाउन काठमाडौँ बन्द ग¥यो भन्ने विषय यो त्यति म्याचिङ विषय होइन । यो विषय त हामीले ७/८ महिनादेखि एयरलाइन्सहरूसँग छलफल गरेर हामीले नो डाउन गरेर नै ६ महिना हुन लागि सक्यो । यो हाम्रो अगाडिकै योजना हो ।”

हवाई टिकट पाउनै महाभारत 

सरकारले २३ गतेदेखि विमानस्थल बन्द गर्दा अन्तर्राष्ट्रिय उडानका टिकट पाउनै मुस्किल भएको छ । क्यानको १० घण्टा विमानस्थल बन्द गर्ने निर्णयसँगै दिल्लीलगायतका अन्तर्राष्ट्रिय गन्तव्यको टिकटको मूल्य आकासिएको हो ।
विदेश जाँदा वा नेपाल भित्रिँदा महँगो मूल्यको टिकट लिनैपर्ने परिस्थिति सिर्जना हुँदै छ । प्राधिकरणको ‘गलत अडान’ का कारण यो समस्या भए पनि सरकारसमेत रमिते बनेको छ ।

श्रमका लागि अन्तर्राष्ट्रिय गन्तव्यमा पुग्ने श्रमिकहरूले निकै महँगो दरमा टिकट लिनुपर्ने बाध्यता छ ।  यसअघि साउदी, दुवईलगायतका देशमा ३५ देखि ४२ हजार रूपैयाँमा पाइने टिकटको मूल्य एक लाखमाथि पर्ने थालेको म्यानपावर व्यवसायीहरू बताउँछन् ।

नेपालबाट श्रम स्वीकृति लिएका कामदर भारतबाट तेस्रो मुलुकमा जान सक्दैनन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका ५० प्रतिशत उडान प्रभावित भएपछि निकै महँगो मूल्यमा टिकट काट्नुपर्ने बाध्यता सरकारले बनाइदिएको छ ।

महँगो मूल्यमा पनि टिकट पाइँदैन । नेपालबाट जाने अधिकांश जहाजको टिकट पाउनु ‘भाग्यमानी’ हुनुपर्ने अवस्था छ । एक महिनासम्म नर्मल रेटमा कुनै जहाजको टिकट पाइँदैन ।

नेपालको प्रमुख पर्यटकीय सिजन कात्तिक–मंसिर हो । यतिबेला विश्वभरबाट विदेशी पर्यटक नेपाल आउने गर्छन् ।  नेपाल आउने तर्खरमा रहेका कतिपय पर्यटकले हवाइ भाडा र टिकट नपाएकै कारण आफ्नो भ्रमण रद्द गरेका पर्यटन व्यवसायीहरू बताउँछन् ।

सरकारले जबर्जस्ती अन्य दुई विमानस्थल सञ्चालन गर्न काठमाडौंको विमानस्थल १० घण्टा बन्द गर्न लागेको भन्दै केही सांसदहरूले चर्को विरोध गरिराखेका छन् ।  संसदीय समितिमा समेत यसको चर्को विरोध हुँदा पनि मर्मत समय घटाउन सरकारले कुनै चासो दिएको छैन ।

विमानस्थल बन्द भएकै कारण नेपालबाट मुख्यगरी खाडी लगायतका राष्ट्र जाने यात्रुहरू पीडित हुनेछन् ।

क्यानका प्रवक्ता हंसराज पाण्डे विन्टर सेड्युलसम्म पनि अवस्था उस्तै रहेमात्रै १० घण्टा बन्द गर्ने निर्णय पुनरवलोकन गर्ने बताउँछन् ।  “विन्टर सेड्युल आइसकेको छ । भैरहवा र पोखरा पनि नजाने र उडान कटौती हुने अवस्था आए त्यसपछि रिभ्यू हुन्छ,” उनी भन्छन् ।

विमानस्थल १० घण्टा बन्द गर्नाले पर्यटनमा असर पुग्ने भन्दै कतिपयले यसको समय फेरबदलको पनि माग गरिहरेका छन् । ८ घण्टामा पनि काम गर्न सकिने अवस्था रहेको र यसले उडान पनि प्रभावित नहुने र भन्दै समयतालिका फेरबदल गर्न माग गरेका छन् ।

मन्त्रालय भने विमानस्थलको काम जसरी पनि सक्नुपर्ने अवस्था रहेको र विकल्पमा भैरहवा र पोखरा विमानस्थल देखाउँछ ।  भैरहवा र पोखरा सञ्चालन गर्न मन्त्रालयले आर्कषक प्याकेज समेत ल्याएको भन्दै विमानस्थल स्तरोन्नति अनिवार्य रहेको मन्त्री बद्री पाण्डे बताउँछन् । स्तरोन्नतिपछि विमानस्थलको क्षमता बढ्ने बताउँछन् ।

मुख्य पर्यटकीय मौसममा विमानस्थल १० घण्टा बन्द गर्ने र यसको विकल्पको रुपमा भैरहवा र पोखरा विमानस्थल दिँदा विमान कम्पनीहरूले उडान नै नगर्ने हो कि भन्नेसमेत चिन्ता छ ।

तर, सरकार जसरी पनि विमानस्थल बन्द गरेर ३० प्रतिशत उडान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलतर्फ पठाउन चाहन्छ । हालसम्म जम्मा तीनवटा जहाजमात्रै भैरहवा गएका छन् ।

निर्माण सकिएको लामो समयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान नभएपछि गौतमबुद्ध तथा पोखरा विमानस्थलमा सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले २७ वटा कार्ययोजना ल्याएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको