Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

दाङ बस दुर्घटनाः जुम्ला विमानस्थलमै चल्यो रुवावासी

admin

dang bus durghatana

जुम्ला, पुष-८ ।

दाङमा शुक्रबार भएको बस दुर्घटनामा परी मृत्यु हुने २३ जनामध्ये ११ जना जुम्लाका विद्यार्थी परेपछि अहिले जुम्ला शोकाकुल भएको छ ।

सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा अध्ययनरत जुम्लाका ११ जना विद्यार्थीको मृत्यु भएको हो । घाइतेहरु मध्ये चार जना पनि जुम्लाकै पेरेका छन् ।

जुम्लाका मृतक विद्यार्थीहरु्मा चन्दननाथ नगरपालिका–६ का १६ बर्षीया कुसुम रावल, वडा नं. ३ का १७ बर्षिय हिम्मत बोहरा, कनकासुन्दरी गाउँपालिका–५ का २० बर्षिय विरेन्द्र कडारा, चन्दनथान–१० का १८ बर्षीय रुपेशजंग शाही र १७ बर्षीय रितेन्द्र शाही, हिमा गाउँपालिका–५ की १७ बर्षीया शैलजा शाही, तिला गाउँपालिका–१ का जंगबहादुर बिक, चन्दननाथ–३ का १८ बर्षका अर्जुन शाही, चन्दननाथ–५ का देवीप्रसाद उपाध्याय, चन्दननाथ–१० का विपना खत्री र तिला गाउँपालिका–३ का रमेश उपाध्याय रहेका जनाइएको छ ।

मृतकमध्ये आठ जनाको शव हेलिकप्टरमार्फत जुम्ला पुर्याइएको छ । शव जुम्ला पुर्‍याइएपछि मृतकका आफन्तको विमानस्थलमै रुवावासी चलेको थियो । सन्तानलाई प्राविधिक शिक्षा पढ्न पठाएर दुर्गमको सेवा गर्ने सपना बोकेका मृतकका आमाबाबा भावविह्वल भएर रुएका थिए ।

त्यसैगरी दुर्घटनामा घाइते मध्येकाहरु तातोपानी गाउँपालिका–४ की १८ वर्षीया हिमाली हमाल, चन्दनाथ नगरपालिका–३ का १६ वर्षीय कुशेन्द्र खत्री, चन्दनाथ–२ का १७ वर्षीय जीवन भण्डारी र चन्दननाथ–४ की १६ वर्षीया बर्षा रोकाया रहेका जनाइएको छ । उनीहरु सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको