Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा प्रदीपराज वन्त निर्विरोध

Reporter

राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)को अध्यक्षमा पुनः प्रदीपराज वन्त निर्विरोध चयन भएका छन् ।

शनिबार भएको २७औं साधारणसभा तथा १३औं अधिवेशनले राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार वन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समूहको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रकला क्षेत्री, प्रथम उपाध्यक्षमा सुनील शर्मा, उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा घनश्याम श्रेष्ठ, सचिवमा प्रविन कुलुङ राई र कोषाध्यक्षमा प्रदीप श्रेष्ठ चयन भएका छन् ।

केन्द्रीय सदस्यमा सुशीलकुमार श्रेष्ठ, मुकुन्द कालीकोटे, रमिता छुँजु, हरिश सिंह नगाल, दिपेन्द्र महर्जन, अनुप प्रधान र सागर बस्नेत चयन भएका छन् । २०५३ मा स्थापना भएको सो समूह फोटो पत्रकारको पहिलो छाता सङ्गठन हो ।

समूहले फोटो पत्रकारको व्यावसायिक हकहित, पेसागत सुरक्षा, क्षमता विकास र फोटो पत्रकारिताको विकासका लागि विविध कार्य गर्दै आइरहेको अध्यक्ष वन्तले बताए ।

उक्त कार्यक्रममा हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान फोटो पत्रकार गणेश बिष्ट, साहसिक फोटो पत्रकारिता सम्मान सुजन बज्राचार्य, पर्या-पर्यटन फोटोपत्रकारिता सम्मान’ प्रविन श्रेष्ठ, मनोरञ्जन फोटोपत्रकारिता सम्मान लेखबहादुर श्रेष्ठ र खेलकुद फोटो पत्रकारिता सम्मान सरोज नेपाललाई प्रदान गरिएको थियो ।

यसैगरी माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार २०८१ बाट सिविन नेपालकी फोटोपत्रकार रमिता छुँजु, संस्थागत एनएफपीजे प्रेसिडेण्ट अवार्ड २०८१ बाट कार्यवहाक महासचिव घनश्याम श्रेष्ठ र उत्कृष्ट जिल्ला शाखा पुरस्कार रामेछाप शाखालाई प्रदान गरियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको