Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग भिजिट भिसामा संलग्नता पुष्टी भए राजनीतिबाट सन्यास लिन्छुः गृहमन्त्री

बागलुङमा भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु

Reporter

बागलुङको जैमिनी नगरपालिका-८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअपभ्यान’ जैमिनी-७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ।

ग२च ९२४७ ‘पिकअपभ्यान’ सडकदेखि एकसय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिए।

घटनामा मृतकको पहिचान खुलिसकेको छैन। ‘पिकअपभ्यान’मा सवार एक जनाको भने जीवितै उद्धार गरिएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको