Logo
06 Nov 2024    २१ कार्तिक २०८१, बुधबार

ताजा खबर

टिकटकले पायो वैधानिकता, नेपालमा सूचीकृत विवादमा तानिएका कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीले बुझाए राजीनामा पाँच केजी सुनसहित विमानस्थलबाट तीनजना पक्राउ छठको दोस्रो दिन आज ‘खरना’ अमेरिकी राष्ट्रपति चुनाव : मतगणना शुरु, ट्रम्पको अग्रता राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जाँदै

सिराहमा नेपाली सेनाको बम डिस्पोजल टोलीद्वारा प्रेसरकुकर बम डिस्पोज

admin

Bomb Dispose on siraha

सिराह, पुष – ८

सिराह जिल्लाको गोलबजार नगरपालिका ४ स्थित नेपाल टेलिकमको टावर नजिकै आइतबार बिहान भेटिएको शक्तिशाली प्रेसरकुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

शक्तिशाली प्रेसरकुकर बम गोलबजारको मुख्य बजार क्षेत्रदेखि दक्षिणतर्फ बलकवा जाने बाटोमा भेटिएको थियो । चोहर्वास्थित नेपाली सेनाको श्री नयाँ गोरख गणबाट आएको बम डिस्पोजल टोलीले आइतबार बिहान ११ बजे प्रेसरकुकर बम डिस्पोज गरेको चोहर्वास्थित गणपति प्रमुख सेनानी गणेश भण्डारीले जनाए ।

एकाबिहानै मानव बस्तीदेखि लगभग ५० मिटर पश्चिम र टेलिकमको रिपिटर टावरदेखि करिब डेढ सय मिटर दक्षिणतर्फ बम भेटिएपछि स्थानीय बासिन्दा आतङ्कित बनेका थिए । बम पाईएको स्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले दुई सय मिटरको दूरीमा घेरा हालेर आवत जावत सेमत बन्द गरी बम सुरक्षित ढङ्गले डिस्पोज गरिएको इलाका प्रहरी कार्यालय गोलबजारले बताएको छ ।

बम भेटिएको ठाउँ नजिकै ‘स्वतन्त्र तराई निर्माण सेना’ को पर्चा्समेत बरामदगरेको थियो । मिति, छाप र आधिकारिक हस्ताक्षर समेत नरहेको पर्चामा औपनिवेशिक शासन विरुद्धको तराई मुक्ति आन्दोलनले पहिलो दशक पूरा गरी दोस्रो दशक पूरा गरेको र त्यसका लागि हुने संघर्षलाई निरन्तरता दिन सहयोगको अपेक्षा गरिएको उल्लेख गरीएको छ । आर्थिक सहयोगको समेत अपेक्षा गरईको उल्लेख भएको पर्चासँगै सशस्त्र समूहको नाममा आतङ्क सिर्जना गरी आर्थिक संकलन गर्ने समूहले बम राखेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको