Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

‘सुगुरको मासुमा पल्केर’ सार्वजनिक(भिडियो)

Reporter

काठमाडौं २९ कात्तिक । पछिल्लो समय लिम्बु जातीको संस्कार, संस्कृति झल्काउने बृत्तचित्र, चलचित्र निर्माण र प्रदर्शन गर्ने गतिबिधी बढीरहेको बेला लिम्बु जातीकै परम्परामा, कलासंस्कृतिमा आधारित ‘सुगुरको मासुमा पल्केर-‘ दुई बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

पालाम भित्र सृष्टि देखि मानव सभ्यताको विकास र प्रेमसम्मका विभिन्न विषयहरू बताउने लिम्बु समुदायको लोकगीत ‘सुंगुरको मासुमा पल्केर दुई’ मा शब्द, संगीत र स्वर शाइल लिम्बु, सम्झना योङहाङको रहेको छ । यसै हप्ता छायाङ्कन गरिएको यो भिडियो जि मिडिया युट्युब च्यानलमा बुधबार सार्वजनिक गरिएको हो ।

यसमा दिग्गज कलाकार यासेली योङहाङ, चर्चित मोडल तथा भ्लगर डोना थापा, विपना आङ्बुहाङ, आशिष लिम्बु, मिस मंगोल (2024) एन्जल राई, उम्दा कलाकार उदय बेघा प्रकाश आङ्बुहाङ, (हाङ बारे) बिमला इवाराम, मिना महरेसाङ, हर्कराज घिसिङ, ज्योति आङ्बुहाङ, बिवास राई, बिशाल लिम्बु, आदि रहेका छन् । ‘सुंगुरको मासुमा पल्केर एक’ को सफलता पश्चात निर्माण गरिएको प्रकाश आङ्बुहाङ (हाङ्बारे) निर्माता रहेका यस भिडियोमा सनम तामाङको छायाङ्कन, दिनेश शाहको सम्पादन रहेको छ भने चर्चित कोरियोग्राफर दिनेश माङ्गमुको कोरियोग्राफी र बिजय मगरको निर्देशन रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको