Logo
17 Jul 2025    २ श्रावण २०८२, बिहीबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

विश्वकपमा छनोट भएको नेपाली महिला क्रिकेट टोलीलाई स्वागत

Reporter

काठमाडौं। यु–१९ महिला विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको नेपाली युवा महिला टोलीलाई आज स्वागत गरेको छ।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कालगायतका पदाधिकारीहरू र खेल समर्थकहरूले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरे।

राखेपका सदस्य सचिव घिसिङले यु–१९ टोलीले ऐतिहासिक सफलता हासिल गरेकोमा बधाई ज्ञापन गरे। त्यस्तै नेपाली टोलीका प्रशिक्षक महेशप्रसाद रिजालले महिला क्रिकेटमा स्वर्णिम युगको सुरुआत भएको बताए।

नेपाली टोलीकी कप्तान पुजा महतोले टिमवर्कका कारणले नेपालले विश्वकपसम्मको यात्रा तय गर्न सफल भएको बताइन्। आजै क्रिकेट संघ (क्यान) ले नेपाली खेलाडीलाई जनही रु दुई लाख ५० हजार पुरस्कार दिने घोषणा गरेको थियो।

संयुक्त अरब इमिरेट्स ९युएई०को अजमानमा हिजो सम्पन्न खेलमा घरेलु टोली युएईमाथि आठ विकेटको जीत निकाल्दै नेपालले पहिलो पटक यु–१९ विश्वकपमा छनोट भएको थियो।

नेपालले ६ खेलबाट १० अंक जोड्दै विश्वकपमा स्थान बनाएको हो। त्यस्तै युएईले पनि समान खेलबाट समान १० अंक नै जोडे पनि नेपाल नेट रनरेटमा अगाडि रहँदै विश्वकपमा स्थान बनाउन सफल भयो। यु–१९ विश्वकप क्रिकेट अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ।

विश्वकपका साथै नेपाल यु–१९ एसिया कपका लागि पनि छनोट भएको छ। एसिसीको आयोजनामा आगामी डिसेम्बरमा हुने यु–१९ महिला एसिया कपका लागि नेपाल छनोट भएको हो। यु–१९ एसियाकप क्रिकेटमा नेपालसँगै पाकिस्तान, भारत श्रीलंका, बंगलादेश र मलेसिया सहभागी हुनेछन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको