Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

दार्चुलामा जिप दुर्घटना, ६ जनाको मृत्यु

Reporter

दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान मालिकार्जुनबाट फर्केर गोकुलेश्वरतर्फ गइरहेको म १ ज ३३८ नम्बर को बोलेरो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

तिर्थालु बोकेको जिप ग्वानीको बजानी नजिक सिराडको खोलामा जिप दुर्घटना भएको र मृतकहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई उपचारका लागि गोकुले अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बाेकेको जिप दुर्घटनामा परेको हाे ।

जिप सडकबाट करीब १०० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

उनकाअनुसार अन्य ७ जना घाइते भएका छन् भने बाँकी यात्रु पनि सवार रहेको हुनसक्ने भएकाले खाेजी भइरहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको