Logo
16 Jul 2025    १ श्रावण २०८२, बुधबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

संघीय संसदका चार समितिको बैठक बस्दै

Reporter

आज संघीय संसदका चार समितिको बैठक बस्दै छ ।

संघीय संसद सचिवालयका अनुसार आज प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समिति तथा राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । त्यस्तै आजै राष्ट्रिय सभा अन्तर्गतको विधायन समिति र सार्बजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दै छ ।

बिहान ११:३० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिले आगामी दिनमा गर्ने स्थलगत अनुमगन बारे छलफल हुने भएको छ ।

त्यस्तै अपराहन्न १: १५ बजेदेखि बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल हुने भएको छ ।

त्यस्तै बिहान ११ बजेदेखि बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा कार्यविधिको मस्यौदामाथि छलफल हुने भएको छ ।

त्यसैगरी दिनको एक बजे बस्ने सार्बजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पर्सा र चितवन राष्ट्रिय निकुञ्‍जको अनुगमन कार्यक्रमको समीक्षा हुने बताइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको