Logo
05 Dec 2024    २० मंसिर २०८१, बिहीबार

ताजा खबर

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई मुद्दा चलाउन सर्वोच्चमा रिट भुटानका राजा करिब ५ घण्टा काठमाडौँमा रहने अल्लू अर्जुनविरुद्ध उजुरी इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन चीन भ्रमणमा ऋण लिने गरी कुनै पनि सम्झौता भएको छैनः प्रधानमन्त्री ओली पाल्पामा सुन्तला महोत्सव हुँदै

‘एभरेष्ट टुरिज्म अवार्ड’लाई भव्य बनाउन सवैको साथ अपरिहार्य : पूर्वउपराष्ट्रपति पुन

Reporter

काठमाडौं । ‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’ भन्ने नाराका साथ नेपालमा पहिलो पटक आयोजना हुन लागेको ‘एभरेष्ट टुरिजम अवार्ड, २०२४’ को तयारी तिव्र पारिएको छ । अवार्ड समारोहलाई व्यबस्थित रुपमा समापन गर्न राजधानीमा एक छलफल कार्यक्रमको आयोजना गरिएको थियो । नेपालका विशिष्ठ पर्यटन व्यबसायी, पर्यटनविज्ञ तथा पर्यटनकर्मीहरुको उपस्थिती रहेको उक्त छलफल कार्यक्रम पूर्व उपराष्ट्रपति एवं अवार्ड समारोहका विशिष्ठ एवं प्रमुख सल्लाहकार नन्द बहादुर पुनको विशेष आतिथ्यतामा सम्पन्न गरिएको थियो । छलफलका क्रममा अवार्डको तयारी तथा अवार्डका विषयमा वृहत छलफल कार्यक्रममा उपस्थितहरुलाई स्वागत गर्दै संस्थाकी अध्यक्ष सत्यकला तामाङ्ग लामाले भनिन् ,’ जसरी निकै चुनौतीका वीच सम्पन्न गरिएको पत्रकार सम्मेलनलाई सवैबाट सहयोग र साथ रह्यो त्यसैगरि अवार्ड समारोहलाई वृहत र भव्य बनाउन पनि सवैबाट साथ सहयोग प्राप्त हुने विश्वास आफुले लिएकी छु ।’
अवार्डको विषयमा जानकारी दिने उद्देश्यले हालै मात्र सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको कालापत्थर  ५,६५३ मिटर उचाइ मा सम्पन्न पत्रकार सम्मेलनका वारेमा जानकारी दिइएको थियो । कठिन परिस्थिति र निकै चुनौतीपूर्ण वीच सम्पन्न उक्त पत्रकार सम्मेलनबाट प्राप्त उपलव्धीका विषयमा छलफल भएको थियो ।

विश्वमै पहिलो पटक सर्वाधिक उचाईमा प्रेस मिट गरि हिमाल जोगाउ अभियानलाई वृहत वनाउन र अवार्ड समारोहलाई भव्य बनाउन प्रेस सम्मेलनले थप गति दिएको उपस्थित वक्ताहरुले बताए ।

जसरी कठिनपूर्ण उक्त प्रेसमिटलाई सम्पन्न गरि चुनौती चिर्न संस्था सफल भयो, त्यसै गरि अवार्ड समारोह पनि भव्य सफल बनाउन सबैबाट सहयोग अपेक्षा गरिएको पूर्व उपराष्ट्रपति पुनले बताए ।
एएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा आगामी माघ २ गते राजधानीमा विश्वभरका करिव २ दर्जन वढि राष्ट्रका पर्यटन संग सम्बन्धित व्यक्तित्वहरुको समेत सहभागीता रहने गरिने उक्त अवार्ड समारोह हुने अध्यक्ष सत्यकला तामाङ लामाले जानकारी दिईन ।
प्रारम्भिक छलफल कार्यक्रममा पूर्व पर्यटन,संस्कृति तथा नागरिक उड्ययन राज्य मन्त्री एवं पर्यटनविज्ञ याङ्गकिला शेर्पा,सविधान सभा सदस्य आङ्गदावा शेर्पा,विरल्याण्ड राज्यका पर्यटन मन्त्री एवं वरिष्ठ पर्यटन व्यबसायी डा.मिङ्गमा शेर्पा, पर्यटनविज्ञ एवं वरिष्ठ पर्यटन व्यबसायीहरु आङ्गछिरिङ्ग शेर्पा, प्रकाशसिंह कार्की, टानका अध्यक्ष सागर पाण्डे, वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा, प्रख्यात पर्वातारोही स्पिड काजी शेर्पा,एनएमएका वरिष्ठ उपाध्यक्ष ठाकुर राज पाण्डे,होटल एसोसियसन अफ नेपालका प्रमुख कार्यकारी अधिकृत टेक महतो, हायात रिजेन्सीका प्रबन्धक विलास खत्री ,वरिष्ठ गायिका देविका बन्दना, पर्यटन व्यबसायी नामगेल शेर्पा, मिङ्गमा तेन्जी शेर्पा ,डा.राहुल झा, दिपु श्रेष्ठ लगायत पत्रकार एवं पर्यटन व्यबसायसंग सम्बन्धित पर्यटनकर्मीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सहजीकरण संचारकर्मी एवं कार्यक्रम कोअर्डिनेटर सुवास प्रधानले गरेका थिए ।

कार्यक्रममा समारोहलाई कसरी उत्कृष्ट भव्य सभ्य बनाउन सकिन्छ भनेर छलफल एवं अन्तरक्रिया गरिएको थियो । कम्पनीका प्रबन्ध निर्र्देशक फुर्बा ग्याल्बो मोक्तान (थुप्तेन)ले जलवायु परिवर्तनले सबैभन्दा बढी हिमाली क्षेत्र प्रभावित भएको उल्लेख पत्रकार सम्मेलन सफल बनाउन साथ दिने सवैलाई धन्यवाद दिएका थिए ।

कम्पनीले हालसम्म स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गर्दै आएको जनाएको छ । हालसम्म कम्पनीले जापान, मालदिभ्स, दुबईमा कार्यक्रम गरिसकेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको