Logo
05 Dec 2024    २० मंसिर २०८१, बिहीबार

ताजा खबर

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई मुद्दा चलाउन सर्वोच्चमा रिट भुटानका राजा करिब ५ घण्टा काठमाडौँमा रहने अल्लू अर्जुनविरुद्ध उजुरी इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन चीन भ्रमणमा ऋण लिने गरी कुनै पनि सम्झौता भएको छैनः प्रधानमन्त्री ओली पाल्पामा सुन्तला महोत्सव हुँदै

रवि लामिछानेलाई काठमाडौंबाट पनि पक्राउ पूर्जी जारी

Reporter

जिल्ला अदालत काठमाडौँले पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी बचत रकम हिनामिना अनुसन्धानका लागि पक्राउ अनुमति दिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले आइतबार लामिछानेलाई पक्राउ अनुमति दिएको हो । अदालतले गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशीलाई पनि पक्राउ अनुमति दिएको छ ।

गोर्खा मिडियाकै तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेलाई पक्राउ अनुमति जारी भएको हो । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा लामिछाने र जोशीविरुद्ध अदालतले अनुमति दिएको अदालत स्रोतले बतायो । स्वर्णलक्ष्मी प्रकरणमा यसअघि गोर्खा मिडिया प्रालिका अध्यक्ष जिबी राईसहित २४ जनाविरुद्ध पक्राउ अनुमति प्रहरीले लिइसकेको छ ।

लामिछाने र जोशी दुवै अहिले कास्की प्रहरी हिरासतमा हुनुहुन्छ । सहकारी बचत रकम हिनामिना प्रकरणमा दुवै जना अनुसन्धानका क्रममा पक्राउ पर्नुभएको हो । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनामा पक्राउ पर्नुभएको हो । अनुसन्धानका क्रममा दुवै जनालाई रुपन्देही पनि पुर्‍याइएको थियो । सुप्रिम सहकारीको बचत रकम हिनामिनामा दुवै जनालाई बुटवल लगिएको थियो । सहकारी बचत रकम हिनामिनाको अनुसन्धानका लागि गठित संसदीय छानबिन समितिले गोर्खा मिडियामा रकम आएको तथ्य बाहिर ल्याएको थियो । यसपछि समितिले तत्कालीन सञ्चालकहरूलाई कारबाही सिफारिस गरेको थियो । पाँच वटा सहकारीबाट गोर्खा मिडियाको खातामा रकम सिधा जम्मा भएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको