Logo
07 Dec 2024    २२ मंसिर २०८१, शनिबार

ताजा खबर

गायक नारायण थापाको “परिणाम नखोज तिमी” सार्बजनिक(भिडियो) दशौँ राष्ट्रिय खेलकुद चैत २३ देखि कर्णालीमा एनपिएलमा आज दुई खेल हुँदै धरानका मेयर साम्पाङविरुद्ध प्रहरीमा उजुरी आइतवारदेखि पाँच प्रदेशका उच्च भूभागमा हिउँ पर्ने, देशैभरी चिसो बढ्ने चार महिनामा २७१ विदेशीले लिए नेपालमा श्रम स्वीकृति

एमालेले दानमा लिएको जग्गा विवाद सम्बन्धी मुद्दा आज पनि हेर्न नभ्याइने

Reporter

नेकपा एमालेले दानमा पाएको जग्गा विवादसम्बन्धी मुद्दा हेर्न नभ्याउने हुँदै स्थगित भएको छ । मंगलबार रिट निवेदनको पेसी न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा तोकिएकोमा हेर्न नभ्याउने भएको हो । यसअघि आइतबार उक्त मुद्दा प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहितको इजलासमा पेसी परेकोमा सो दिन पनि हेर्न नभ्याउने भएको थियो । अधिवक्ता ज्ञानबहादुर बस्नेतले दायर गरेको उक्त मुद्दामा पहिलो सुनुवाई गर्दै सर्वोच्चले कात्तिक १२ गते अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक मीनबहादुर गुरुङसँग जग्गा लिने कार्य तत्कालका लागि रोक लगाएको थियो । अधिवक्ता बस्नेतले एमालेलाई जग्गा दान दिने गुरुङको निर्णय अन्तरिम आदेश मार्फत बदर गर्न माग गर्दै कात्तिक ७ गते रिट दायर गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको