Logo
15 May 2025    २ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो क्यानको सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा

भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउँदै

Reporter

भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी ६ दिने भ्रमणका लागि आज नेपाल आउँदैछन् ।

सेनाध्यक्ष द्विवेदी नेपाली सेनाको मानार्थ प्रधानसेनापति महारथीको पदवी लिन र नेपाल–भारत शान्ति सुरक्षालगायतका विषयमा छलफल गर्न लागेको बताइएको छ ।

उनले मंसिर ५ देखि १० गतेसम्म नेपालको भ्रमण गर्ने बताइन्छ ।

स्थल सेनाध्यक्ष द्विवेदीलाई मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ प्रधानसेनापति महारथीको फुलि लगाउने कार्यक्रम रहेको बताइएको छ ।

उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री डा. आरजु राणाका साथै नेपाली समकक्षी प्रधानसेनापति अशोकराज सिग्देललगायतसँग भेट्ने कार्यक्रम रहेको स्रोतले जानकारी दिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको