Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’ ‘अपरेसन सिन्दूर’ मा १०० बढी आतंककारी मारिए : भारत

अर्जेन्टिना विश्वकपका लागि छनोट

Reporter

अर्जेन्टिना फिफा विश्वकप सन् २०२६ का लागि छनोट भएको छ । आज बिहान घरेलु मैदान ब्यूनर्स आयर्समा भएको छनोट खेलमा पेरुलाई एक गोलले हराउँदै अर्जेन्टिनाले सन् २०२६ को विश्वकपमा स्थान पक्का गरेको हो ।

लिओनल मेस्सीको कप्तानीमा रहेको साविक विजेता टोली अर्जेन्टिनाको १२ खेलमा २५ अङ्क भएको छ । दक्षिण अमेरिकाबाट विश्वकपमा ६ देशले स्थान बनाउने छन् । त्यसअनुसार अर्जेन्टिना कम्तीमा छैटौं स्थानका लागि सुरक्षित भएको छ । घरेलु मैदानमा उसका लौटरो मार्टिनेजले खेलको ५५ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

यस्तै चीनलाई हराउँदै जापान विश्वकप छनोट नजिक पुगेको छ । एशियाली छनोट अन्र्तगत आज बिहान चीनको सिमेनमा भएको खेलमा जापानले चीनलाई ३–१ गोलले हरायो । जापान समूह ‘सी’ मा छ खेलमा १६ अङ्कका साथ पहिलो स्थानमा छ ।

समूह ‘सी’ को इन्डोनेसियाले साउदीलाई २–० गोलले हरायो । यस्तै इरानले किर्गिस्तानलाई ३–२ गोलले हराएको छ । इरान समूह ‘ए’ मा छ खेलमा १६ अङ्कसहित शीर्षमा स्थानमा छ । समूह ‘बी’ मा शीर्ष टोली दक्षिण कोरियाको छ खेलबाट १४ अङ्क छ । दक्षिण कोरियाले प्यालेस्टाइनसँग १–१ को बराबरी खेलेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको