Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

एभर्टनमाथि टोटनह्यामले आधा दर्जन गोल गर्यो, लिभरपुल शीर्ष स्थानमा यथावत

admin

काठमाडौं, पुस- ९ ।
इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले एभर्टनलाई फराकिलो गोल अन्तर्ले हराएको छ ।

फराकिलो गोल अन्तरमा हराउने क्रममा टोटनह्याम ६–२ ले विजयी भएको हो ।

एभर्टनलाई उसैको घरेलु मैदानमा हराउदा टोटनह्यामका लागि सन हिउङ मिन र ह्यारी केनले २–२ गोल गरे भने क्रिश्चियन एरिक्सन र डेले अलीले थप एक–एक गोल गरे ।

जितपछि टोटेनह्याम हट्सपरले दोस्रो स्थानको म्यान्चेष्टर सिटीसँगको दूरीलाई कम गर्दै २ अंकमा झारेको छ ।

लिगमा १८ खेलबाट टोटनह्यामको ४२ अंक छ भने म्यान्चेष्टर सिटीको ४४ अंक रहेको छ त्यस्तै ४८ अंकसहित लिभरपुल शीर्ष स्थानमा यथावत छ ।

हिजो रातिको जितपछि टोटनह्याम चौथो स्थानको चेल्सी र पाँचौ स्थानको आर्सनल भन्दा पाँच अंकले अगाडि अगाडि छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको