Logo
07 Dec 2024    २२ मंसिर २०८१, शनिबार

ताजा खबर

गायक नारायण थापाको “परिणाम नखोज तिमी” सार्बजनिक(भिडियो) दशौँ राष्ट्रिय खेलकुद चैत २३ देखि कर्णालीमा एनपिएलमा आज दुई खेल हुँदै धरानका मेयर साम्पाङविरुद्ध प्रहरीमा उजुरी आइतवारदेखि पाँच प्रदेशका उच्च भूभागमा हिउँ पर्ने, देशैभरी चिसो बढ्ने चार महिनामा २७१ विदेशीले लिए नेपालमा श्रम स्वीकृति

मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्रै : गृहमन्त्री लेखक

Reporter

गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन्। उनले आजका मितिसम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको बताए।

आज धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले आवश्यकता अनुसार मन्त्री हेरफेर गर्न सक्ने बताए।

‘दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुई दलमा छलफल गरेर मात्र हुन्छ। तर, अहिलेसम्म त्यस्तो छलफल भएको छैन,’ उनले भने। २०८४ सम्म गठबन्धन कायम रहने बताउँदै उनले अबको एक वर्ष ८ महिनापछि वर्तमान प्रधानमन्त्री परिवर्तन भई कांग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बन्ने उल्लेख गरे।

प्रधानमन्त्रीको चीन भ्रमणको विषयलाई लिएर दुई दलबीच खटपट भएको छ नि भन्ने संचारकर्मीको जिज्ञासामा गृहमन्त्री लेखकले सामान्य छलफलको विषयलाई लिएर बेकामको हल्ला चलाइएको बताए।

‘एमाले-कांग्रेसबीचमा कुनै असमझदारी छैन। दुई दल मुख्य प्रतिस्पर्धी भए पनि मिलेर सरकार चलाइरहेका छौं। २०८४ को निर्वाचनसम्म सहज मिलेर जान्छौं,’ उनले भने।

नयाँ प्रधानमन्त्री नियुक्त लगत्तै विदेश भ्रमणमा जानू परम्परा रहेको बताउँदै गृहमन्त्री लेखकले भारत वा चीन कुन देश अगाडि जाने भन्ने विषय सामान्य रहेको उल्लेख गरे। उनले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमण मिति तय भइसकेको छ। चीन भ्रमण लगत्तै भारत भ्रमण गर्नुहुन्छ।’

सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी आएका गृहमन्त्री लेखकले गोष्ठीमा प्रदेश सुरक्षाको समीक्षा गरिएको बताए। उनले अब नयाँ कार्ययोजनासहित शान्ति सुरक्षा कायम हुने बताए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको