नेपाल विद्युत प्राधिकरणमा भएका अनियमितता छानबिन गर्न मन्त्रिपरिषद्ले छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले पूर्वन्यायाधीश हरिकुमार पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल अध्यक्षताको आयोगको प्रतिवेदनमा उल्लेख भएलगायत अन्य विषयहरुको समेत छानबिनका लागि समिति गठन गर्ने निर्णय गरेको बताइएको छ।
आयोगमा एकजना प्राविधिक कर्मचारी तथा एकजना चार्टर्ड एकाउन्टेन्ट सदस्य रहने बताइएको छ।
लोकप्रिय समाचार