Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो अनमोल केसी नर्भिक अस्पतालमा भर्ना ५१ देशका आरोहीले लिए अनुमति एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी आजदेखि सोह्र श्राद्ध सुरु प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

मिसेस तिज आइकन -२०७४ आयोजना हुदै

admin

टनेल ईभेन्टस प्रा.लि.को प्रस्तुती मिसेस तिज आईकन २०७४ को तयारी तिव्र गतिमा भैरहेको छ । चुला चौका घर,व्यवहार सम्हाल्ने मात्र नभै आफुमा लुकेर वसेका क्षमता प्रर्दशन गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफ्नो पहिचान प्रस्फुटन गर्ने माध्यम हो मिसेस तिज आईकन २०७४ । एक छोरी ,एक बहिनी ,आमा, दिदी वा बुहारी हुनुभन्दा पहिला नारी एक शक्ति हो । नारी विना अधुरो यो सृष्टिका लागि नारीको आफ्नो ईच्छा वा रहर भने कयन स्थानमा गुम्सेर बसेका छन् । वा भनौ वाध्य पारिएका पनि छन् । तथापी पछिल्लो पटक नेपालमा भने नारीहरु थुप्रै विशिष्ट पदहरुमा समेत पुग्न सफल भएका छन् । यस्ता किसिमको अवसरको खोजीमा रहेका नारीहरु प्रति समर्पित एवं नारीहरुको एक मात्र महान चाड तिजको अवसरमा विभिन्न क्षेत्रका दिग्गज महिलाहरुले आयोजना गर्न लागेको मिसेस तिज आईकनको अडिसन यहि श्रावण ७ गते शनिवार होटल मल्लमा हुने भएको छ । अडिसनबाट छानिएका सहभागीहरुले करीव २० दिनको विबिध तालिमहरु प्रदान गरिने फेसन डिजाईनर एवं आयोजक संस्थाकी सदस्य मोमथा बस्नेत तथा डोल्मा रिन्जीनले जानकारी गराउनु भयो ।

कार्यक्रमको फिनाले भाद्र ३ गते होटल र्याडिसनमा हुने आयोजक संस्थाले जनाएको छ भने विजेतालाई आकर्षक पुरस्कारहरु मिलाइएको छ । नगद पुरस्कार १ लाख ,देखिी विभिन्न अवसर तथा सुविधाहरु समेत प्राप्त गर्न सक्नेछन् । विवाहित महिला ,बढीमा ३५ ननाघेको तथा एसएलसी पास गरेको ईच्छुक सहभागीहरुले तोकिएको स्थानबाट फाराम भरी वा अडिसन हुने दिन उक्त स्थानमा आएर सम्पर्क गर्न सकिने आयोजक संस्थाकी सदस्य किरण सिंह ठकुरीले जानकारी दिनु भयो ।
नेपाली विवाहित महिलालाई पारिवारिक जिम्मेवारीबाट माथी उठेर आफ्ना क्षमता एवं आत्मविश्वासलाई बढावा दिने कार्यको कोशढुंगा सावित हुने विश्वास आयोजक कमिटिका अर्का सदस्य सान्द्रले वताउनु भयो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको