Logo
16 Jul 2025    १ श्रावण २०८२, बुधबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

‘तिम्रै दर्शन’ भन्दै अस्मिता र टेक (भिडियो)

Reporter

टेक विसीको स्वरमा रहेको गीत ‘तिम्रै दर्शन’ सार्वजनिक भएको छ । टेकलाई अस्मिता जुरेलीले स्वरमा साथ दिएको गीतको भिडियो सार्वजनिक भएको हो ।

हरिभक्त बुढाथोकीको शब्द, भीम विसीको सङ्गीत, रिकेश गुरुङको एरेञ्ज र कुमार रानाको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियोमा विक्रम चौहानको निर्देशन एवं कोरियोग्राफी छ । गीतमा आफूले माया गरेको मान्छेको दर्शन नमिल्दा पिर लाग्ने बताइएको छ । गीतका शब्द जति राम्रा छन् भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।

प्रकाश खड्का र टिमको छायांकन रहेको गीतको भिडियोमा अस्मिता जुरेली र सुन्दर घलानको अभिनय रहेको छ । मीन रावलको सम्पादन एवम् कलर रहेको गीतको भिडियो गीतकार हरिभक्तको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको