Logo
07 Dec 2024    २२ मंसिर २०८१, शनिबार

ताजा खबर

गायक नारायण थापाको “परिणाम नखोज तिमी” सार्बजनिक(भिडियो) दशौँ राष्ट्रिय खेलकुद चैत २३ देखि कर्णालीमा एनपिएलमा आज दुई खेल हुँदै धरानका मेयर साम्पाङविरुद्ध प्रहरीमा उजुरी आइतवारदेखि पाँच प्रदेशका उच्च भूभागमा हिउँ पर्ने, देशैभरी चिसो बढ्ने चार महिनामा २७१ विदेशीले लिए नेपालमा श्रम स्वीकृति

धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क

Reporter

 विद्यार्थीले, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने भएका छन् ।

यसअघि परिक्षणका रूपमा निशुल्क धरहरा खुला गरिएकाे थियाे । अब धरहरा व्यवस्थित रूपमा सशुल्क सञ्चालन गर्न लागिएकाे हाे । प्रतिव्यक्ति २ सय रूपैया शुल्क ताेकिएकाे छ । विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई भने साे रकममा ५० प्रतिशत सहुलियत हुने शहरी विकास मन्त्रालयले जनाएकाे छ ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई २०८१ मङ्सिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न बिहिबार बसेकाे मन्त्रीपरिषद् बैठकले स्वीकृति दिँदै शुल्क पनि मन्त्रिपरिषद्ले नै स्वीकृत गरेको छ ।

सहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ भने सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १हजार रुपैयाँ शुल्क तोकिएको छ ।

त्यस्तै धरहरामा पार्किङ गर्दा मन्त्रालयले चार पाङ्ग्रेका लागि प्रतिघन्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकेको छ। धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ तोकिएको छ ।

त्यस्तै धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघन्टा ५ हजार तोकिएको छ । त्यस्तै धरहरा परिसरमा व्यावसायिक भिडियो छाँयाकन गर्न प्रतिघन्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघन्टा १ हजार रुपैयाँ तोकिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको