लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । १० डिसेम्बरसम्म विश्वभर चल्ने यो अभियान नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु भएको छ । अभियानको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सन्देश दिएका छन । आफ्नो सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन -‘एउटा मेसिनलाई यन्त्र ठान्ने दास युग, महिलालाई वस्तु ठान्ने सामन्ती युगबाट हामी अहिले चेतनागत, मान्यतागत, संवैधानिक, कानुनी हिसाबले र व्यवहारिक हिसाबले आधुनिक, समतामुलक, शान्तिपूर्ण युगमा प्रवेश गरेका छौं र यसलाई अझ उन्नत बनाउने हाम्रा प्रयास जारी छन् ।’
लोकप्रिय समाचार