Logo
05 Dec 2024    २० मंसिर २०८१, बिहीबार

ताजा खबर

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई मुद्दा चलाउन सर्वोच्चमा रिट भुटानका राजा करिब ५ घण्टा काठमाडौँमा रहने अल्लू अर्जुनविरुद्ध उजुरी इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन चीन भ्रमणमा ऋण लिने गरी कुनै पनि सम्झौता भएको छैनः प्रधानमन्त्री ओली पाल्पामा सुन्तला महोत्सव हुँदै

२० वर्ष पुराना सार्वजनिक सवारी सञ्चालनमा रोक

Reporter

२० वर्ष पुराना सार्वजनिक सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाउने सरकारी योजना कार्यान्वयनमा आउने भएको छ। उच्च अदालत, पाटनको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि पटक(पटक अवरोध हुँदै आएको यो निर्णय अब पूर्णरूपमा लागू गर्न बाटो खुलेको हो।

२०८० कात्तिक १५ गते उच्च अदालत पाटनले २० वर्ष पुराना सवारी हटाउने निर्णय कार्यान्वयन रोक्नुपर्ने कुनै आधार नभएको फैसला गरेको थियो। उक्त फैसलाविरुद्ध पुनरावेदन गरिएकोमा सर्वोच्च अदालतले २०८१ कात्तिक २३ गते उच्च अदालतको फैसलालाई सदर गरेको हो।

मुद्दा दोहोर्‍याइ हेरी पाऊँ भन्दै पुनरावेदनको रिटमाथि सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र कुमार चुडालको संयुक्त इजलासले ‘उच्च अदालत पाटनबाट २०८० कात्तिक १५ मा भएको फैसलामा न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) (क) (ख)को अवस्था विद्यमान रहेको नदेखिँदा मुद्दा दोहोर्‍याइ हेर्ने अनुमति प्रदान गर्न मिलेन, कानुन बमोजिम गर्नू’ भनी आदेश दिएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको