Logo
17 Jul 2025    २ श्रावण २०८२, बिहीबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

पत्र नबुझेपछि हुलाक र इमेलबाट महानगरले पठायो एमालेलाई जरिवाना पत्र

Reporter

काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई हुलाकबाट जरिवाना पत्र पठाएको छ। महानगरपालिकाले सोमबार हुलाक र इमेलमार्फत जरिवाना पत्र पठाएको हो।

आइतबार जरिवानासहितको पत्र लिएर महानगरको टोली एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको थियो। तर दरबारमार्गमा भएको एमाले जागरण सभाको आयोजक एमाले केन्द्रीय कार्यालय नभएको भन्दै एमालेले पत्र बुझन अस्वकार गरेको थियो।

आइतबार भौतिक रूपमा पत्र नबुझेपछि महानगरले सोमबार इमेल र हुलाकमार्फत पत्र पठाएको काठमाडौँ महानगर प्रहरी बलका प्रमुख एसएसपी राजुनाथ पाण्डेले जानकारी दिए। उनले भने, ‘हिजो उहाँहरुले बुझ्नु भएन। आज हामीले हुलाक र इमेलमार्फत पठाएका छौं।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको