Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

पत्र नबुझेपछि हुलाक र इमेलबाट महानगरले पठायो एमालेलाई जरिवाना पत्र

Reporter

काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई हुलाकबाट जरिवाना पत्र पठाएको छ। महानगरपालिकाले सोमबार हुलाक र इमेलमार्फत जरिवाना पत्र पठाएको हो।

आइतबार जरिवानासहितको पत्र लिएर महानगरको टोली एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको थियो। तर दरबारमार्गमा भएको एमाले जागरण सभाको आयोजक एमाले केन्द्रीय कार्यालय नभएको भन्दै एमालेले पत्र बुझन अस्वकार गरेको थियो।

आइतबार भौतिक रूपमा पत्र नबुझेपछि महानगरले सोमबार इमेल र हुलाकमार्फत पत्र पठाएको काठमाडौँ महानगर प्रहरी बलका प्रमुख एसएसपी राजुनाथ पाण्डेले जानकारी दिए। उनले भने, ‘हिजो उहाँहरुले बुझ्नु भएन। आज हामीले हुलाक र इमेलमार्फत पठाएका छौं।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको