Logo
22 May 2025    ९ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

आइसिसी बरियतामा पारस दुई स्थान तल झर्दा बसन्तको सुधार, सोमपाल भने यथास्थानमा

admin

paras khadaka and sompal on icc ranking

काठमाडौं, पुस ८ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आज सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का दुई स्थान तल झरेका छन् ।

यसअघि आइसिसीले सार्वजनिक गरेको वरियतामा ब्याटिङतर्फ ९५औँ स्थानका पारस नयाँ वरियतामा दुई स्थान तल झर्दै ९७ औँ स्थानमा पुगेका छन् । कप्तान पारस अलराउन्डरतर्फ एक स्थान झरेका छन् । यसअघि ४१औँ स्थानका पारस नयाँ वरियतामा ४२औँ स्थानमा छन् ।

त्यसैगरी अलराउन्डरतर्फ नेपालकै सोमपाल कामी ६४औँ स्थानमा यथावत छन् । अघिल्लो महिना उनी ६४औँ स्थानमै थिए । बलिङतर्फ नेपालका वसन्त रेग्मी र सोमपाल क्रमशः ३९७ र ३३८ अङ्क प्राप्त गर्दै ७४औँ र ९२ औँ स्थानमा छन् ।

ब्याटिङ वरियताको शीर्ष स्थानमा पाकिस्तानका बाबर आजम, दोस्रो स्थानमा न्युजिल्याण्डका कोलिन मुन्द्रो, तेस्रो अष्ट्रेलियाका आरोन फिन्च, चौथोमा वेष्ट इण्डिजका इभान लेविसे छन् भने पाकिस्तानका फकर जमान पाँचौ स्थानमा छन् ।

बलिङतर्फ अफगानिस्तानका राशिद खान पहिलो स्थानमा रहँदा पाकिस्तानका शदाब खान दोस्रो, भारतका कुलदीप यादव तेस्रो, इंग्ल्यान्डका आदील राशिद चौथो र अष्ट्रेलियाका आडम जम्पा पाँचौ स्थानमा छन् ।

अलराउन्डरतर्फ अष्ट्रेलिया ग्लेन म्याक्सवेल शीर्ष स्थानमा रहँदा बङ्गलादेशका शाकिब अल हसन दोस्रो स्थानमा छन् । अफगानिस्तानका मोहमद नाबी तेस्रो, बङ्गलादेशका मोहमद महुदुल्लाह चौथो र दक्षिण अफ्रिकाका जेपी डुमिनी पाँचौ स्थानमा छन् ।

अघिल्लो वर्ष नेपालले एक दिवसीय मान्यता पाएसँगै गत साउनमा पहिलो अन्नर्राष्ट्रिय एक दिवसीय खेल खेलेपछि नेपाली खेलाडी वरियतामा समावेश भएका हुन् ।
(रासस)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको