Logo
05 Dec 2024    २० मंसिर २०८१, बिहीबार

ताजा खबर

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई मुद्दा चलाउन सर्वोच्चमा रिट भुटानका राजा करिब ५ घण्टा काठमाडौँमा रहने अल्लू अर्जुनविरुद्ध उजुरी इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन चीन भ्रमणमा ऋण लिने गरी कुनै पनि सम्झौता भएको छैनः प्रधानमन्त्री ओली पाल्पामा सुन्तला महोत्सव हुँदै

धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

Reporter

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।

धितोपत्र बोर्ड गत वर्ष पुस २० देखि नेतृत्वविहीन थियो। धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले आइतबार मात्रै सन्तोषनारायण, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम सरकारलाई सिफारिस गरेको थियो।

धितोपत्र बोर्डको नेतृत्वमा पुगेका श्रेष्ठले यसअघि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यका रुपमा काम गरिसकेका छन् । बोर्डको नेतृत्व ११ महिनादेखि रिक्त थियो । यसअघि भएका नियुक्ति प्रयास पनि विवादमा परेर रोकिएका थिए ।

२०८० पुस २० मा रमेशकुमार हमालको पदावधि सकिएयता सरकारले बोर्डमा नियुक्त गर्न सकेको थिएन । बोर्डको अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाएका श्रेष्ठले काठमाडौं विश्वविद्यालयबाट बिजनेस एडमिनिस्ट्रेसनमा मास्टर्स (एमबीए) गरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको