सोल्टीमोडमा रहेको नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रको (ब्लड बैंक) सेवा पुन: प्रदर्शनीमार्गबाट शुरु भएको छ।
ब्लड बैंकले झन्डै ९ वर्षपछि प्रदर्शनीमार्गबाट सेवा दिन शुरु गरेको हो। १२ वैशाख २०७२ को महाभूकम्पबाट क्षति पुगेपछि प्रदर्शनीमार्गबाट ललितपुरको बालकुमारी हुँदै काठमाडौँको ताहाचल सरेको थियो।
भूकम्पले क्षति पुगेको पुरानो संरचना हटाएर थाइ रेडक्रसको सहयोगमा बनेको प्रदर्शनी मार्गको नयाँ भवनमा रेडक्रस केन्द्रीय कार्यालय ताहाचल हाताभित्रको ब्लड बैंक प्रदर्शनीमार्गमा सरेको रेडक्रसले जनाएको छ।
भूकम्पले क्षति पुगेपछि ब्लड बैंक शुरुमा बालकुमारी सरेको थियो। त्यहाँ अपायक भएको गुनासो बढेपछि ताहाचल सरेको थियो। प्रदर्शनी मार्गमा आएपछि भने सेवाग्राहीलाई थप सहज र पायक पर्ने भएको छ।
नेपाल रेडक्रस सोसाइटीले विसं २०२३ साल साउन १२ गतेदेखि रक्त सञ्चार सेवा दिन थालेको हो।