Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

रास्वपाका सांसदविरुद्धको अदालतको अवहेलना मुद्दामा प्रमाण पेश गर्ने आदेश

Reporter

राष्ट्रिय स्वतन्त्र पार्टीका २० जना सांसदविरुद्ध दायर भएको अदालतको अपहेलना मुद्दामा प्रमाण पेश गर्ने आदेश भएको छ।

न्यायाधीशहरु डा. मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले निवेदनका साथ उल्लेखित विवरणहरुसँग सम्बन्धित कागजात र प्रमाणहरु पेश गर्न आदेश दिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ भएपछि रास्वपाका केन्द्रिय पदाधिकारी एवं सांसदहरुले पोखरामा प्रदर्शन गर्दै आएका थिए।

प्रहरीले पक्राउ गरेको र अदालतको अनुमतिमा म्याद थप भइसकेको व्यक्तिलाई रिहा गराउन दवाव स्वरुप सडक आन्दोलन गरेकोमा प्रश्न उठाइ अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको