Logo
05 Dec 2024    २० मंसिर २०८१, बिहीबार

ताजा खबर

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई मुद्दा चलाउन सर्वोच्चमा रिट भुटानका राजा करिब ५ घण्टा काठमाडौँमा रहने अल्लू अर्जुनविरुद्ध उजुरी इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन चीन भ्रमणमा ऋण लिने गरी कुनै पनि सम्झौता भएको छैनः प्रधानमन्त्री ओली पाल्पामा सुन्तला महोत्सव हुँदै

एमाले अध्यक्ष र महासचिवलाई गाली गरेपछि सांसद चौधरी एमालेबाट निलम्बित

Reporter

नेकपा (एमाले) जिल्ला कमिटी बाँकेले लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरीलाई पार्टीबाट निलम्बन गरेको छ ।

नेता चौधरीले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितको मानहानी गरेको आरोपमा एमालेले उनलाई सबै जिम्मेवारीबाट निलम्बन गरिएको हो ।

एमाले बाँकेका अध्यक्ष निरक गुरुङले एक पत्र जारी गर्दै पार्टीबाट निलम्बन गरिएकोबारेमा चौधरीलाई जानकारी दिएका छन् ।

प्रदेश सभा सदस्य चौधरीले पार्टीलाई हानी नोक्सानी पुर्‍याउने मनसाय राखेको आरोप एमालेले लगाएको छ ।

नले अध्यक्ष एवम् प्रधानमन्त्री ओली र महासचिव पोखरेलसहितको मानहानी हुने गरी सार्वजनिक रुपमा गालीगलौज गर्ने, समाजिक सञ्जालमा लेख्ने, कार्यकर्तालाई खुइल्याउने र पार्टीविरुद्धमा समाचार लेखाउने जस्ता गतिविधि गरेको पत्रमा उल्लेख गरिएको छ ।

एमालेले चौधरीसँग स्पष्टीकरण पनि सोधेको थियो। तर चौधरीले कमीकमजोरी स्वीकार्नुको साटो साटो उल्टै नेता, कार्यकर्ता र समग्र पार्टीविरुद्ध लिखित जवाफ दिएको जनाइएको छ ।

अध्यक्ष ओली, महासचिव पोखरेल र पार्टीविरुद्ध बोल्दा निलम्बनमा परेका चौधरी बाँके क्षेत्र नम्बर १ (ख) बाट २०७९ मा लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको