Logo
17 Jul 2025    २ श्रावण २०८२, बिहीबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

सातौँ सामाजिक सुरक्षा दिवस : कोषको उपचार सुविधा विस्तार

Reporter

सामाजिक सुरक्षा कोषले उपचार सुविधा बिस्तार गरेको छ । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उपचार सेवा विस्तार गर्ने घोषणा गरेका हुन् ।

कोषले योगदानकर्ताको अस्पतालमा भर्ना भई उपचार गर्दा हाल १ लाख रुपैयाँ उपचार सुविधा उपलब्ध रहेको छ । अब भने सोभन्दा बढी १० लाख रुपैयाँसम्मको उपचारमा ५० प्रतिशत कोषले बेहोर्न भएको छ ।उता, अहिले औपचारिक योगदानकर्ताको श्रीमान् र श्रीमतीमा रहेको स्वास्थ्य उपचार सेवा अब योगदानकर्ताका १८ वर्ष सम्मका छोराछोरीमा समेत बिस्तार भएको छ । कोषले आफ्नो योगदानकर्ताका लागि विभिन्न सुविधा दिँदै आएको छ । त्यसमध्ये प्रधानमन्त्रीले मंगलबार दुई सुविधा घोषणा गरेका हुन् ।

कोषको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म १९ हजार ७६९ रोजगारदाता सामाजिक सुरक्षा कोषमा सूचिकृत भइसकेका छन् । वैदेशिक रोजगारीमा गएका समेत १७ लाख ९७ हजार ६४० श्रमिक कोषमा आबद्ध भएका छन् । कोषमा ६८ अर्ब ६८ करोड रुपैयाँ योगदान भइसकेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको