Logo
07 Dec 2024    २२ मंसिर २०८१, शनिबार

ताजा खबर

गायक नारायण थापाको “परिणाम नखोज तिमी” सार्बजनिक(भिडियो) दशौँ राष्ट्रिय खेलकुद चैत २३ देखि कर्णालीमा एनपिएलमा आज दुई खेल हुँदै धरानका मेयर साम्पाङविरुद्ध प्रहरीमा उजुरी आइतवारदेखि पाँच प्रदेशका उच्च भूभागमा हिउँ पर्ने, देशैभरी चिसो बढ्ने चार महिनामा २७१ विदेशीले लिए नेपालमा श्रम स्वीकृति

मन्त्रिपरिषद् निर्णय अनुसार विद्युत् बक्यौता उठाउन र लाइन नकाट्न नियमन आयोगको निर्देशन

Reporter

काठमाडौँ – विद्युत् नियमन आयोगले डेडिकेटेड एवम् ट्रंक लाइन विवादमा मन्त्रिपरिषद्ले गरेको निर्णयअनुरूप बक्यौता असुली गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । उद्योगहरूको लाइन काट्दा सरकारको राजस्वमा समेत असर पर्ने हुनाले उसले लाइन नकाट्न समेत भनेको छ ।

यसअघि मन्त्रिपरिषद् बैठकले टीओडी मिटरसमेतका आधारमा पुनः गणना गरी १५ दिनभित्र बक्यौता उठाउन र उद्योगहरूमा काटिएको लाइन जोडिदिने निर्णय २५ कात्तिकमा गरेको थियो ।

लाल आयोगको सिफारिस तथा मन्त्रीपरिषद्को निर्णयका आधारमा डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी बिलहरूको छानबिन गर्न ऊर्जा मन्त्रालयले प्राविधिक समिति गठन गरेको हुनाले बक्यौता उठाउने कुरामा कुनै सम्झौता नगरी अन्य सबै प्रक्रिया यथास्थितिमा राख्ने निर्णय भएको नियमन आयोगले जनाएको छ ।

साथै, प्राधिकरणको बक्यौता उठाउन लाइन बिच्छेदबाहेक अन्य दबाबमूलक रणनीति अपनाउन सक्ने निर्णय पनि आयोगले गरेको जनाइएको छ ।

त्यस्तै, मन्त्रालयले गठन गरेको प्राविधिक समितिको अध्ययनबाट यो विवाद रहेको उद्योगहरूले बढी पैसा तिरको पाइए पछाडिको बिलमा त्यो समायोजन गर्न पनि आयोगले प्राधिकरणलाई निर्देशन दिएको थियो ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको