Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

महसुल नतिर्ने ३४ वटा उद्योगको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार

Reporter

विद्युत् प्राधिकरणले ट्रङ्क र डेडिकेटेड लाइन प्रयोग गरेर बक्यौता नतिरेका ३४ वटा उद्योगविरुद्ध तीन निकायलाई पत्राचार गरेको छ । प्राधिकरणले आज (बुधबार) नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्र लेख्दै कारबाही गर्न सिफारिस गरेको हो ।

प्राधिकरणले राष्ट्र बैंकलाई पत्र लेखेर बक्यौता नतिरेका उद्योगहरूको बैंक खाता रोक्का गर्न पत्र पठाएको छ। यस्तै प्राधिकरणले धितोपत्र बोर्डमा पत्र लेखेर सर्वसाधारणका लागि शेयर जारी गर्ने लगायतका शेयर खरिद-बिक्री कार्यको इजाजत नदिन आग्रह गरेको छ । साथै प्राधिकरणले कम्पनी रजिस्ट्रारलाई पत्र लेखेर शेयरको हक हस्तान्तरण र धितो बन्धक रोक्का गर्न आग्रह गरेको छ ।

बक्यौता तिर्न बाँकी ३४ वटा उद्योगले थप दस्तुरसहित जोडेर ६ अर्ब ४१ करोड रुपैयाँ तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ जसरी पनि उद्योगको बक्यौता उठाउने योजनामा छन् । तर बिजुली नकाट्न सरकार र विद्युत् नियमन आयोगले पत्र नै लेखेपछि घिसिङले अर्को वैकल्पिक कदम चालेका हुन् ।

यसअघि गएको कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले उद्योगहरूसँग १५ दिनभित्र बक्यौता उठाउने र उद्योगमा काटिएको बिजुली जोड्ने निर्णय गरेको थियो । १५ दिन आज पुगेको छ । प्राधिकरणले आज लाइन काट्ने तयारी गरेकोमा सरकार र आयोगले पत्र पठाएर लाइन काट्न रोकेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको