Logo
10 Feb 2025    २८ माघ २०८१, सोमबार

ताजा खबर

सुनको मूल्य बढ्यो महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो)

प्रधानमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा

Reporter

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको औपचारिक घोषणा गरिएको छ। नेपालको परराष्ट्र मन्त्रालय र चिनियाँ विदेश मन्त्रालयले शुक्रबार एकसाथ विज्ञप्ति जारी गरी भ्रमणको औपचारिक घोषणा गरेका हुन्।

चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा ओली मंसिर १७-२१ (डिसेम्बर २ देखि ५ सम्म) का लागि चीन भ्रमणमा जाने भएका छन्। साथमा उनी पत्नी राधिका शाक्य पनि हुनेछन्।

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने तय भएको छ। यस्तै चिनियाँ समकक्षी ली छ्याङसँग द्विपक्षीय औपचारिक वार्ताको पनि तालिका बनेको छ।

चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेताहरूसँग पनि भेट्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा हुने एक कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्नेछन्।

यस्तै चिनियाँ विदेश मन्त्रालयले त्यहाँका प्रवक्ता माओ निङले ‘राज्य परिषद्का प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओलीले यही डिसेम्बर २ देखि ५ सम्म चीनको औपचारिक भ्रमण गर्ने’ घोषणा गरेको भनी विज्ञप्ति जारी गरेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको