Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

प्रधानमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा

Reporter

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको औपचारिक घोषणा गरिएको छ। नेपालको परराष्ट्र मन्त्रालय र चिनियाँ विदेश मन्त्रालयले शुक्रबार एकसाथ विज्ञप्ति जारी गरी भ्रमणको औपचारिक घोषणा गरेका हुन्।

चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा ओली मंसिर १७-२१ (डिसेम्बर २ देखि ५ सम्म) का लागि चीन भ्रमणमा जाने भएका छन्। साथमा उनी पत्नी राधिका शाक्य पनि हुनेछन्।

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने तय भएको छ। यस्तै चिनियाँ समकक्षी ली छ्याङसँग द्विपक्षीय औपचारिक वार्ताको पनि तालिका बनेको छ।

चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेताहरूसँग पनि भेट्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा हुने एक कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्नेछन्।

यस्तै चिनियाँ विदेश मन्त्रालयले त्यहाँका प्रवक्ता माओ निङले ‘राज्य परिषद्का प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओलीले यही डिसेम्बर २ देखि ५ सम्म चीनको औपचारिक भ्रमण गर्ने’ घोषणा गरेको भनी विज्ञप्ति जारी गरेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको