Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

सामाजिक सञ्जालबाट द्वेषपूर्ण अभिव्यक्ति दिनेमाथि कारबाही गरिनेछ : गृह मन्त्रालय

Reporter

सरकारले सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव र सार्वजनिक शान्ति खलबलिने अभिव्यक्ति दिने व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको छ । गृह मन्त्रालयले आज शुक्रबार विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएको हो ।

विज्ञप्तिमा पछिल्ला दिनमा केही व्यक्तिले सामाजिक सञ्जाललगायत माध्यमबाट कानुनले निषेध गरेका द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव, सार्वजनिक शान्ति र सुव्यवस्थामै खलल पुर्याउने घृणाजन्य अभिव्यक्ति दिइरहेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

गृह मन्त्रालयका सहसचिव, प्रवक्ता ऋषिराम तिवारीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘जो कोही व्यक्तिले जहाँसुकै रहेर गरे गराए पनि कानुनद्वारा बर्जित र दण्डनीय त्यस्ता गतिविधिलाई कानुनी दायरामा ल्याइने भएकाले त्यस्तो कार्य नगर्नरनगराउनु हुन सम्बन्धित सबैमा सादर अनुरोध छ ।’

विज्ञप्तिमा नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रताको हकको उच्च सम्मान व्यक्त गर्दै गृह मन्त्रालयले विभिन्न जातजाति, धर्म सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली–बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवम् सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुनेजस्ता घृणाजन्य अभिव्यक्ति र गतिविधि दण्डनीय अपराध रहेको स्मरणसमेत गराएको छ ।

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको