
सरकारले सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव र सार्वजनिक शान्ति खलबलिने अभिव्यक्ति दिने व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको छ । गृह मन्त्रालयले आज शुक्रबार विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएको हो ।
विज्ञप्तिमा पछिल्ला दिनमा केही व्यक्तिले सामाजिक सञ्जाललगायत माध्यमबाट कानुनले निषेध गरेका द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव, सार्वजनिक शान्ति र सुव्यवस्थामै खलल पुर्याउने घृणाजन्य अभिव्यक्ति दिइरहेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
गृह मन्त्रालयका सहसचिव, प्रवक्ता ऋषिराम तिवारीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘जो कोही व्यक्तिले जहाँसुकै रहेर गरे गराए पनि कानुनद्वारा बर्जित र दण्डनीय त्यस्ता गतिविधिलाई कानुनी दायरामा ल्याइने भएकाले त्यस्तो कार्य नगर्नरनगराउनु हुन सम्बन्धित सबैमा सादर अनुरोध छ ।’
