Logo
05 Dec 2024    २० मंसिर २०८१, बिहीबार

ताजा खबर

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई मुद्दा चलाउन सर्वोच्चमा रिट भुटानका राजा करिब ५ घण्टा काठमाडौँमा रहने अल्लू अर्जुनविरुद्ध उजुरी इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन चीन भ्रमणमा ऋण लिने गरी कुनै पनि सम्झौता भएको छैनः प्रधानमन्त्री ओली पाल्पामा सुन्तला महोत्सव हुँदै

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Reporter

पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी प्रतिलिटर एक रुपैयाँले पेट्रोलको मूल्य बढेको हो ।

त्यस्तै, हवाई इन्धनको मूल्य पनि बढेर आएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ । आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर १५ डलरले मूल्यवृद्धि भएको निगमले जनाएको छ ।

खाना पकाउने ग्यासको भने मूल्य यथावत् रहेको निगमतले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उपभोक्ताको हितलाई मध्यनजर गर्दै ग्यासको मूल्य बढेर आएपनि अहिलेलाई यथावत् राखिएको निगमले बताएको छ ।

यो सँगै पहिलो वर्गमा पेट्रोलको मूल्य १ सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १ सय ५९ र तेस्रो वर्गमा १६० कायम भएको छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेका छन् । दोस्रो वर्गमा सुर्खेत र दाङलाई राखिएको छ भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दीपायल रहेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको