Logo
15 Jan 2025    २ माघ २०८१, बुधबार

ताजा खबर

EXAMPLEARTICLE पेट्रोलियम पदार्थको मूल्य बढ्यो रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्माण व्यवसायी महासंघको घोषणा काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ नेपाल अमेरिकासँग ५ विकेटले पराजित

प्रधानमन्त्री ओली चार दिने भ्रमणमा चीन प्रस्थान

Reporter

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बिहान चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन्।

हिमालयन एअरलाइन्सको चार्टर्ड विमानबाट प्रस्थान गरेका ओली सोमबार साँझ बेइजिङ पुग्नेछन्।

मंगलबार उनी चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ र जनकंग्रेसका स्थायी कमिटी सदस्य झाओ लेजीसँग भेटवार्ता गर्नेछन्।

भ्रमणको क्रममा नेपाल र चीनबीच विविध परियोजनामा सहमति हुने अपेक्षा गरिएको छ। यसमा काठमाडौँ रिङरोडको विस्तार, टोखा–छहरे सुरुङमार्ग, केरूङ–रसुवागढी(चिलिमे क्रसबोर्डर ट्रान्समिसन लाइन र मदन भण्डारी विश्वविद्यालय निर्माणजस्ता परियोजन समावेश छन्।

चिनियाँ पक्षले प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई विशेष परियोजनाहरू उपहारस्वरूप प्रदान गर्ने प्रस्ताव गरेको छ, जसमा झापामा स्पोर्ट्स कम्प्लेक्स र डडेलधुरामा सभाहल निर्माणको सम्झौता हुने अपेक्षा गरिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको